२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै

२०८०, २७ चैत्र मंगलवार ०६:५३

चैत २७, काठमाडौँ । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।


नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।

यहि छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा