१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविमाथिको आरोपबारे रास्वपाले भन्यो : व्यक्तिमाथिको प्रहारप्रति हाम्रो आपत्ति छ

२८ चैत्र २०८०, बुधबार ०७:४०

चैत २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुनै प्रष्ट र कानूनी आधार नभएको विषयमा आफ्ना सभापति रवि लामिछानेमाथि व्यक्तिगत प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधवार झाले प्रायोजित सूचनाको आधारमा पत्रकारले लेखेकै भरमा व्यक्तिमाथि लाञ्छना लगाइएको बताएका हुन् ।


‘सदनमा बोल्न पाउनुपर्छ । तर सदनमा निराधार र व्यक्तिमाथि लाञ्छना लगाउन पाइँदैन । कानूनले पनि यस्तो अधिकार दिएको छैन । प्रहरीले भनिसक्यो, प्रधानमन्त्रीले धारणा राखिसक्नुभयो । प्रहरी चौकीमा उजुरी परेको छ । तर दर्ता भएको छैन । प्रायोजित रुपमा पत्रकारलाई लेख्न लगाइएको छ । आरोप छ । सूचना छैन ।  निष्कर्ष छैन । व्यक्तिमाथि गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ । कानूनसम्मत जाउ, प्रक्रियागत रुपमा जाऊँ । कति कुण्ठा पालेको ? यस्तो राजनीति नगरौं’, उनले भने, 'समस्या सुशासन नभएर हो । पब्लिक सर्भिस डेलिभरी नभएर हो ।'

सुशासनको लागि रास्वपा दलको स्थापना भएको उनले बताए । सबै भ्रष्टाचारको छानबिन गर्न पनि उनले माग गरे ।​​

भष्ट्राचारको फाइल खोल्दा सबै दलका शीर्ष नेता र आफ्नो दलको सभापतिमाथि पनि छानबिन गर्दा आपत्ति नहुने उनले बताए ।

तर व्यक्तिमाथि एकपक्षीय ढंगले उत्रिनु उचित नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह