१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन महानगरको आग्रह

२९ चैत्र २०८०, बिहीबार ०६:२६

चैत २९, काठमाडौं | काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन पत्र काटेको छ।

राप्रपाले मंगलबार गरेको प्रदर्शनको क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन आग्रह गरेको हाे।

महानगरले प्रदर्शनको क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको जनाएको छ।


पत्रमा भनिएको छ, ‘चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिकाअन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु।’

राप्रपाको प्रदर्शनको क्रममा पुतलीसडक, भद्रकाली क्षेत्रको सडक कुरूप भएको छ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको थियो।

प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा लाठीचार्जसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह