२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन महानगरको आग्रह

२०८०, २९ चैत्र बिहीबार ०६:२६

चैत २९, काठमाडौं | काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन पत्र काटेको छ।

राप्रपाले मंगलबार गरेको प्रदर्शनको क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन आग्रह गरेको हाे।

महानगरले प्रदर्शनको क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको जनाएको छ।


पत्रमा भनिएको छ, ‘चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिकाअन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु।’

राप्रपाको प्रदर्शनको क्रममा पुतलीसडक, भद्रकाली क्षेत्रको सडक कुरूप भएको छ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको थियो।

प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा लाठीचार्जसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा