१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वास्थ्य मन्त्री नआएपछि राष्ट्रियसभा बैठक स्थगित

३० चैत्र २०८०, शुक्रबार ०९:४५

चैत ३०, काठमाडौँ । राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित भएको छ ।

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री  उपेन्द्र यादव उपस्थित नभएको भन्दै संकल्प प्रस्ताव प्रस्तोता काँग्रेस सांसद कमला पन्तले आपत्ति जनाएपछि बैठक स्थगित गरिएको हो।


राष्ट्रिय सभा बैठक आजै अपरान्ह ३ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो। १० मिनेट भित्र स्वास्थ्यमन्त्री बैठकमा आउँछु भनेकाले केही बेरका लागि बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए। 

राष्ट्रिय सभाको बैठकमा सांसद पन्तले सो संकल्प प्रस्ताव पेश गरेकी हुन्।

सांसद पन्त प्रस्तावक रहेको संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाम ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह