१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, तीनजना पक्राउ

३ बैशाख २०८१, सोमबार ०६:०१

बैशाख ३, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌।

झगडा छुटाउन गएको बेला सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पूर्व सांसद साहमाथि गएराति ११ बजे एक समूहले आक्रमण गरेको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।


आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य व्यक्तिको खोजी भइरहेको छ ।

‘पूर्व सांसद साहमा मजदुरी गर्ने राजेन्द्र महतो मकै बालीमा पानी हालेर फर्किने क्रममा विवाद भएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘झगडा छुटाउन पूर्व सांसद साह झगडा छुटाउन पुगेपछि उनैमाथि आक्रमण गरियो ।’

पूर्व सांसद साहले आक्रमणमा संलग्नहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् ।आक्रमणबाट घाइते साहको सुरुमा हरिपुरकै अमृत हेल्थकेयरमा उपचार भएको थियो । त्यसपछि साह आफै थप उपचारको लागि भन्दै आइतबार दिउँसो जनकपुर गएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह