१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापाको दाबी: एमाले-माओवादीको गठबन्धन आगामी माघसम्म रहँदैन

८ बैशाख २०८१, शनिबार ०९:०८

बैशाख ८, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धन आगामी माघ महिनासम्म नरहँने दाबी गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

गगनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । आज नेकपा एमाले, माओवादीलगायत दलहरू मिलेर आएका छन् । उनीहरू मितेरी साइनो मात्र नभएर रगत पनि एउटै भएको बताउँछन् । म कमस खाएर भन्दिनँ । तर, दाबीका साथ इलामेली जनताकासामू भन्छु- गठबन्धनले २०८१ सालको माघ कटाएछ भने म फेरि जवाफ दिन आउनेछु ।’

उनले चुनावअघि गठबन्धन मतदातालाई धोका र बेइमानी भएको टिप्पणी गरे ।

साथै, कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई मतदान गर्नसमेत अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह