१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

११ बैशाख २०८१, मंगलवार ०७:२७

बैशाख ११, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्बजनिक बिदा दिएको विषयमा घुमाउरो किसिमले स्पष्टिकरण दिदै विगतका कयौं निर्णय र परम्परा लाई नितिगत निर्णय गरि सच्याउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्- 

विगतका कयौं निर्णय र परम्परा  छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ । अनावश्यक विदा, 'भिआइपी सवारी' का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा  पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा  पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु ।  रिजल्ट आउदैछ । तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न । जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ । धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ । 

विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु । लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ । चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रती आभार । लोकतन्त्र  दिवसको सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह