११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

२४ बैशाख २०८१, सोमबार १२:४१

बैशाख २४, काठमाडौँ | सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।

नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।

‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, 'सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन्। ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह