२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आलोचनापछि उपसभामुख भन्छिन्, ‘इन्टरभ्यू डेट लेटरहेडमा सिफारिस गर्नु हुन्थ्यो या हुँदैनथ्यो थाहै भएन’

२०८१, ३ श्रावण बिहीबार १२:३८

साउन ३, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसाका निम्ति लेखेको व्यक्तिगत पत्र सार्वजनिक भएको छ । 

उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई आफूसहित छ जना अमेरिका जानुपर्ने भएकाले चाँडो इन्टरभ्यूको डेट मिलाइदिन अनुरोध गर्दै लेखिएको सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ ।

रानाले २५ फेब्रुवरी २०२३ (२०७९ फागुन १३) मा लेखेको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै उपसभामुखमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ । कांग्रेसले यसलाई पदीय दुरुपयोग भन्दै संवैधानिक परिषदको सदस्यसमेत भएको व्यक्तिले यसरी पत्र लेख्नु गम्भीर त्रुटि भएको भन्दै नैतिकताको प्रश्न उठेको बताएको छ ।

उपसभामुख रानाले झन्डै डेढ वर्षअघि लेखेको पत्रमा कमिसन अन द स्टाटस अफ ओमन ‘सीएसडब्ल्यू ६७’ को कार्यक्रममा सहभागी हुन आफूसमेत जाने उल्लेख गरी आफ्नो कूटनीतिक राहदानी र सिफारिस गरिएका पाँचको साधारण राहदानी नम्बरसमेत राखी पत्र पठाइएको थियो ।

पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको नाम उल्लेख छ । 

उपसभामुख पद विशिष्ट व्यक्तिहरुकोे मर्यादाक्रममा सातौँ नम्बरमा पर्छ । राज्यबाट उच्च अपदस्थ ‘भीआईपी’ सुविधा लिने व्यक्ति विदेश जानुपरे भिसा प्रक्रिया सरकारी संयन्त्रले गरिदिन्छ । 

उपसभामुखको हकमा भ्रमणको प्रयोजन र उद्देश्य खुल्नासाथ त्यसमा जाने या नजाने निर्णय भएपछि महासचिवबाटै तोक लगाएर प्रक्रिया अघि बढ्छ । 

संघीय संसद्को अन्तर्राष्ट्रिय शाखाबाट अनुमोदन भएपछि महासचिवले परराष्ट्र मन्त्रालयलाई पत्रसहित सिफारिस गरेपछि परराष्ट्रमार्फत् अमेरिकी दुतावाससँग भिसा प्रक्रिया अघि बढ्छ । तर, त्यसरी पुग्नुपर्ने पत्र सिधै सर्वसाधारणको हातबाट अमेरिकी दूतावास पुगेको पाइएको छ । 


उपसभामुख रानाले पत्रबारे गोलमटोल जवाफ दिइन् । उनले भनिन्, ‘‘पत्रको लेटरहेड र हस्ताक्षर हेर्दा म त्यो जिम्मा लिन्छु । तर दूतावासले भिसा नदिएकाले त्यसबारे थप चर्चा गर्नु आवश्यक देख्दिनँ ।’’ 

संसद् बाहिरका व्यक्तिलाई कसरी सिफारिस गर्नुभयो भन्ने प्रश्नमा रानाले आफूलाई प्रक्रिया थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘‘मेरो खराब मनसाय थिएन । त्यो विषय उचालेर घृणित राजनीति भइरहेको छ ।’’

आफू २००७ बाट अमेरिका गइराखेको र त्यसरी मान्छे लिएर नगएको दाबी गरिन् । उनले भनिन्, “म उपसभामुख भएर भर्खर भर्खर पार्लियामेन्ट आएकी थिएँ, दुई महिना पनि भएकै थिएन । मलाई त्यसरी पत्र दिनुहुन्छ कि हुँदैन थियो थाहा थिएन ।” 

उनले संसद्भित्रै कसैलाई सोधेको र हुन्छ भनेपछि पत्र पठाएको बताइन् । तर, उनले को सँग सोधिएको भन्ने खुलाउन सकिनन् । “यहाँ सोधेको हो, हुन्छ भनेपछि दिएकी हुँ,” रानाले भनिन्, “कुन नियतले मान्छे आयो भन्ने त खुलाउँदैनन्, जनता भएर आएको हुन्छ, मलाई कसरी थाहा हुने र ?”

उनले सिफारिसमा परेका कसैलाई लिएर गएको प्रमाण ल्याउन चुनौती दिइन् । “कसैलाई लिएर गएको भए प्रमाण खोज्नुस्,’’ उनले भनिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ