२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो

२०८१, १८ आश्विन शुक्रबार १०:३६

असोज १८, काठमाडौँ | राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनको मनोमानीले विवाद बल्झिएको छ । अध्यक्ष लिङ्देनले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि चलाएको भन्दै बिहिबार महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको हो ।

अध्यक्ष लिङ्देनको यो निर्णयमा पार्टीको निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । बिहिबार लङ्देनले महामन्त्री राणालाई हटाएर संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएपछि अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप डा. लोहनी, महामन्त्री राणलगायतले लगाएका छन् ।


महामन्त्री राणा विरामी भएर उपचारका लागि नयाँ दिल्लीमा रहेका बेलामा उनको जिम्मेबारी खोसिएको हो । आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको आरोप अध्यक्ष लिङ्देनले लगाएपछि महामन्त्री राणासँग सम्बन्ध चिसिएको छ । राणा पक्षले भने अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप लगाउन्दै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो । यसअघि राजनीतिक विभाग प्रमुख रहेका र अहिले राणालाई हटाएर संगठन विभाग प्रमुख बनाइएका तामाङ लिङ्देनका विश्वासपात्र हुन् । उनले आफू विदेश भ्रमणमा जाँदा तामाङलाई कार्यवाहक दिँदै आएका छन् ।

लिङ्देन र राणाको सम्बन्ध राणाको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्रका लागि आन्दोलन समिति गठन गरेपछि भएका गतिविधिले बिगारेको हो । आन्दोलन समितिमा राणाले गरेका कार्यले राणा लोकप्रिय भएको भन्दैलिङ्देन निकटस्थ नेताहरूले आगामी महाधिवेशनमा नेतृत्व हत्याउने भन्दै सचेत रहन सुझाएका थिए । त्यसपछि लिङ्देनले आफ्नै संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन् । आफू निकटस्थहरूको पार्टीमा समानान्तर गतिविधि चलाउने राणालाई कारबाही गर्र्नुपर्ने दबाब थेग्न नसकेर अध्यक्ष लिङ्देनले राणालाई पदमुक्त गरेको निकटस्थ स्रोत बताउँछ ।

राप्रपाका पूर्वअध्यक्ष तथा हाल निर्देशन समिति अध्यक्ष लोहनीले अध्यक्ष लिङ्देनले अविवेकी निर्णय गरेको आरोप लगाए । ‘बिरामी भएर विदेशमा उपचार गराउँदै गरेका वेलामा महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,’ लोहनीले भने ।

लिङ्देनले पार्टीको राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाएका छन् । जिम्मेवारी हेरफेरमा डा. लोहनी र राणा निकट नेताहरूलाई पाखा लगाइएको छ ।

आगामी वर्ष हुने पार्टीको महाधिवेशनलाई केन्द्रविन्दुमा राप्रपामा गुटगत गतिविधि भइरहेका छन् । राणा समूहले नेतृत्व हत्याउने डरले लिङ्देन समूहले पार्टीभित्रका अर्को गुटका नेताहरूबाट जिम्मेवारी खोस्दै आफू निकट नेताहरूलाई दिँदै आएका छन् । राप्रपामा लिङ्देन र डा. लोहनीका छुट्टाछुट्दै गुट छन् । त्यो बाहेक पशुपति शमशेर राणाको पनि अर्को गुट छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’