मङ्सिर १, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ । "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताले गुणस्तरीय स्वास्थ्य सेवा महसुस गर्न सकेनन्’

१ मंसिर २०७३, बुधबार १३:५३

मङ्सिर १, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ । 

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘आव २०७२/७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’ मा उहाँले पुरानै कार्यशैली काम गर्ने बानीका कारण स्वास्थ्यका विषयमा राम्रा घोषणा गरिए पनि जनताले फरक अनुभूति गर्न नपाएको बताउनुभयो । 

संविधानमा गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको मौलिक हकका रुपमा लेखिएको उल्लेख गर्दै मन्त्री थापाले संविधानमा लेखिएको निर्जीव अक्षरलाई जीवन्त बनाउने काम सबैको भएकामा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “संविधानमै आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सेवा, आधारभूत, गुणस्तरीय र निःशुल्क उपचार, औषधिका बारेमा उल्लेख छ । यसमा गहन छलफल हुनु जरुरी छ । स्वास्थ्य सेवा निःशुल्क भनिएको छ तर त्यो जनताको करबाटै आएको पैसाले निःशुल्क भएको हो ।” 

उहाँले भन्नुभयो, “आज के गर्ने ? भोलि के गर्ने ? एक महिनापछि के गर्ने ? कार्ययोजना बनाएर काम गर्नुप¥यो । अब यो भएन, त्यो भएन भनेर कर्मचारीले छुटकारा पाउँदैन ।” 

सो अवसरमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले संविधानमा स्वास्थ्यसम्बन्धी जे कुरा उपलब्ध गराउन भनिएको छ, त्यो उपलब्ध गराउन मन्त्रालय जिम्मेवार रहेकाले सोहीअनुरुप काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । 

तीन दिनसम्म चल्ने समीक्षा गोष्ठीमा पहिलो दिन आफ्नो क्षेत्रका स्वास्थ्य स्थितिबारे प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका निर्देशकले सरकारले पर्याप्त औषधि पु¥याउन नसकेको, धेरै जिल्लामा अझ पनि एम्बुलेन्स नपुगेको, बर्थिङ सेन्टरमा सामान्य सुविधा नभएको, भूकम्पपछि स्वास्थ्य संस्था पुनःनिर्माण नहँुदा सेवा दिन गाह्रो भएको, सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने भनिए पनि अझ पनि धेरै प्राथमिक स्वास्थ्य संस्थामा एक जना पनि चिकित्सक नपुगेको आदि गुनासो गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले