मङ्सिर ३, प्यूठान । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताएका छन्  । 

नेकपा–एमाले प्यूठानले आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, प्यूठान । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताएका छन्  । 

नेकपा–एमाले प्यूठानले आज"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा जान्छ: गौतम

२०७३, ३ मंसिर शुक्रबार ०९:०१

मङ्सिर ३, प्यूठान । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताएका छन्  । 

नेकपा–एमाले प्यूठानले आज स्वर्गद्वारीखालमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा उनले भने– “अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्दछ ।” 

उपाध्यक्ष गौतमले “बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधन प्रस्ताव आएको छ, त्यस्तो प्रस्ताव एमालेलाई मान्य हुँदैन ” भन्दै हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने बताए । 

संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउँदै उनले भने– २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न सक्छ । 

यसैगरी बर्जिवाङको चाल्नेटारमा निर्माणधिन चाल्नेटार विमानस्थलको अवलोकन तथा कार्यकर्ता भेटघाटमा उपाध्यक्ष गौतमले संविधानको कार्यान्वयनका लागि एमालेले सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल