२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थीको बुझाइ

४ मंसिर २०७३, शनिबार ०२:३९

प्रकाश सिलवाल/मङ्सिर ४, काठमाडौँ । “सांसदहरुले आफूलाई हात्ती र अरुलाई कमिला ठानेको जस्तो लाग्यो ।” पहिलो पटक व्यवस्थापिका–संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थी समित श्रेष्ठलाई शुक्रबार यस्तै अनुभूति भयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल सुनेर निस्कनुभएका श्रेष्ठले भन्नुभयो, “राजनीतिक दलका नेता र सांसद आफ्ना कुरालाई प्रस्तुत गर्न सिपालु हुनुहुँदो रहेछ ।” त्यसो त लोकतान्त्रिक व्यवस्थाका कारणले श्रेष्ठले जस्तै नेता र सांसदलाई सार्वजनिक आलोचना गर्न पाउने अवसर मिलेको पनि हो । 

भविष्यमा राजनीतिमा लाग्न चाहना राख्ने कपनस्थित जोसेफ स्कुल कक्षा १० का श्रेष्ठ सहित १२० विद्यार्थी शुक्रबार संसद्को दर्शकदीर्घामा बैठक अवधिभर बसेका थिए । संसद् सचिवालयको अनुमतिमा विभिन्न विद्यार्थी र समूहको आग्रहमा पालैपालो दर्शकदीर्घामा बस्ने प्रबन्ध बमोजिम उनीहरु त्यहाँ पुगेका थिए । 

अर्का विद्यार्थी सविन लिम्बूले संसद्का गतिविधिको प्रत्यक्ष अवलोकन गर्दा राजनीतिबारे आफूले सुनेका र पहिला बुझेका सोचलाई परिमार्जन गर्न सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । अवलोकनमा पुगेका कतिपय विद्यार्थी संसद् बैठकका झन्झटिला प्रक्रिया देखेर दिक्क मान्दै थिए । 

सुरक्षा जाँच र त्यहाँभित्रको औपचारिक वातावरणले उनीहरुलाई उकुसमुकुस पनि भएको अनुभूत भयो । सचिवालयले पानीको प्रबन्ध गरे पनि दिउँसो १ बजेको बैठकका लागि एक घन्टा अगाडि नयाँ बानेश्वर छिरेका विद्यार्थी साँझ ५ बज्दा भोकाइसकेका थिए तर पनि संसदीय गतिविधिबारेको उनीहरुको चासोको तिर्खा भने मेटिएको थिएन । 

बैठकमा महाभियोग प्रस्तावका साथै शून्य र विशेष समय अनि विभिन्न विधेयक प्रस्तुतिका कार्यसूचीमा छलफल भएको थियो । 

सो स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले संसदीय प्रणालीबारे विद्यार्थीलाई विद्यालय तहदेखि नै प्रत्यक्ष ज्ञान दिलाउन यस्ता भ्रमण फलदायी हुने बताउनुभयो । “सांसदले कसरी विषयवस्तुलाई राख्छन्, सभामुखले कसरी बैठक सञ्चालन गर्नुहुन्छ, छलफल प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेबारेमा विद्यार्थीले राम्ररी सिकेका छन् । यसको प्रभाव कस्तो पर्छ हामी मूल्याङ्कन र अभिलेखन गर्छाैँ ।”रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ