२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थीको बुझाइ

२०७३, ४ मंसिर शनिबार ०२:३९

प्रकाश सिलवाल/मङ्सिर ४, काठमाडौँ । “सांसदहरुले आफूलाई हात्ती र अरुलाई कमिला ठानेको जस्तो लाग्यो ।” पहिलो पटक व्यवस्थापिका–संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थी समित श्रेष्ठलाई शुक्रबार यस्तै अनुभूति भयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल सुनेर निस्कनुभएका श्रेष्ठले भन्नुभयो, “राजनीतिक दलका नेता र सांसद आफ्ना कुरालाई प्रस्तुत गर्न सिपालु हुनुहुँदो रहेछ ।” त्यसो त लोकतान्त्रिक व्यवस्थाका कारणले श्रेष्ठले जस्तै नेता र सांसदलाई सार्वजनिक आलोचना गर्न पाउने अवसर मिलेको पनि हो । 

भविष्यमा राजनीतिमा लाग्न चाहना राख्ने कपनस्थित जोसेफ स्कुल कक्षा १० का श्रेष्ठ सहित १२० विद्यार्थी शुक्रबार संसद्को दर्शकदीर्घामा बैठक अवधिभर बसेका थिए । संसद् सचिवालयको अनुमतिमा विभिन्न विद्यार्थी र समूहको आग्रहमा पालैपालो दर्शकदीर्घामा बस्ने प्रबन्ध बमोजिम उनीहरु त्यहाँ पुगेका थिए । 

अर्का विद्यार्थी सविन लिम्बूले संसद्का गतिविधिको प्रत्यक्ष अवलोकन गर्दा राजनीतिबारे आफूले सुनेका र पहिला बुझेका सोचलाई परिमार्जन गर्न सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । अवलोकनमा पुगेका कतिपय विद्यार्थी संसद् बैठकका झन्झटिला प्रक्रिया देखेर दिक्क मान्दै थिए । 

सुरक्षा जाँच र त्यहाँभित्रको औपचारिक वातावरणले उनीहरुलाई उकुसमुकुस पनि भएको अनुभूत भयो । सचिवालयले पानीको प्रबन्ध गरे पनि दिउँसो १ बजेको बैठकका लागि एक घन्टा अगाडि नयाँ बानेश्वर छिरेका विद्यार्थी साँझ ५ बज्दा भोकाइसकेका थिए तर पनि संसदीय गतिविधिबारेको उनीहरुको चासोको तिर्खा भने मेटिएको थिएन । 

बैठकमा महाभियोग प्रस्तावका साथै शून्य र विशेष समय अनि विभिन्न विधेयक प्रस्तुतिका कार्यसूचीमा छलफल भएको थियो । 

सो स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले संसदीय प्रणालीबारे विद्यार्थीलाई विद्यालय तहदेखि नै प्रत्यक्ष ज्ञान दिलाउन यस्ता भ्रमण फलदायी हुने बताउनुभयो । “सांसदले कसरी विषयवस्तुलाई राख्छन्, सभामुखले कसरी बैठक सञ्चालन गर्नुहुन्छ, छलफल प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेबारेमा विद्यार्थीले राम्ररी सिकेका छन् । यसको प्रभाव कस्तो पर्छ हामी मूल्याङ्कन र अभिलेखन गर्छाैँ ।”रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ