Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुरुयोजगा वनाएर काम गर्न संसदिय विकास समितिको निर्देशन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, इलाम । संसदिय विकास समितिका सभापती  रविन्द्र अधिकरीले इलामका सरकारी कार्यलयहरुलाई आफ्नो कामकारवाहि चुस्त दुरुस्त राख्न घटिमा पनि दुई महिनामा एकपटक सम्युक्त बैठक बसी आफुले गरेका क्रियाकलापको समिक्षा गर्न निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीको रोहवरमा बैठक बसी आएका सुुझाव तथा प्रगती प्रतिवेदनलाई मन्त्रालयमा पठाउन सुुझाव दिएका छन्  । साथै सवै नगरपालिकाहरुलाई नगरको विकासकोलागि गुरुयोजना वनाउन पत्र पठाइसकेको वताउँदै तत्काल त्यस काममा लाग्न आग्रह समेत गरे ।

गुरुयोजना विना गरिएका कामहरु लथालिङग भएको र धेरै श्रोतहरु खेर गइरहेको वताउँदै उनले अवका काम गर्दा गुरुयोजना बनाएर मात्र गर्न आग्रह गरे ।

ब्यवस्थापिका संसद विकास समितिले जिल्ला विकास समिति इलाममा गरेको जिल्ला अन्तर्गतका सडक पूर्वाधार तथा स्थानीय विकास निर्माणका सम्वन्धमा गरिएको अन्तक्रियामा उनले हिजो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका पक्षमा लढे पनि अव गरिवीका विरुद्ध लड्ने दिन आएको वताएका छन् ।

कार्यक्रममा ब्यवस्थापिका संसदका तर्फबाट सभापती अधिकारी सहित रविन कोइराला, कल्पना चौधरी, भक्तबहादु र बिश्वकर्मा र रामकुमार भट्टराई उपस्थित थिए भने जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, कार्यालयका तथा संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन सडक कार्यालय, डिभिजन भवन कार्यालय, कृषि विकास कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, नेपाल विद्युत प्राधिकरण लगायतले हालसम्म गर्दै आएका र बाँकी गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका अध्यक्ष राम राना, सचिव महेस वस्नेत, महिला जागरण संघ इलामकी अध्यक्ष बिष्णु दाहाल,  इश्वरी चिपालु, देवी पौडेल, डम्वर गदाल लगायतले सुुझाव तथा प्रश्न गरेका थिए । उठेका प्रश्नको इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो तथा अधिकारीले जवाफ दिएका थिए ।