Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

तीन दल मिल्नुको विकल्प छैनः नेम्वाङ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १६, इलाम । नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं– २ का सांसद सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बतएका छन्  ।

आज इलामको महमाई गाविसको गाउँ परिषद्को उद्घाटन गर्दै नेता नेम्वाङले संविधान जारी गर्दा जसरी तीन दल मिलेर हस्ताक्षर गरेका थिए त्यसरीनै अहिले मिल्नुको विकल्प नरहेको बताए ।

मुख्य दल मिलेर स्थानीय निकाय, प्रदेश र राज्यको निर्वाचन सम्पन्न गर्न जनताले दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए  । उनले माइखोलाको चण्डालघाटमा निर्माणाधीन पक्की पुल यसै चालु आवमा सम्पन्न हुने र गरूवा र स्थानीय खोलामा यसै वर्षदेखि दुईवटा पक्की पुलको निर्माणकार्य सुरू गरिने जानकारी दिए ।

महमाई गाविसका सचिव चन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु दुई करोड ७० लाखको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।