४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्थानीय निर्वाचनका लागि १२ दल दर्ता

१७ माघ २०७३, सोमबार ०८:५५

माघ १७, बैतडी । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका छन् । 

निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बैतडीमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले राससलाई जानकारी दिनुभयो । 

पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) रहेका छन् । 

यस्तै नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी रोकायाले बताउनुभयो । 

बैतडीमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), नयाँ शक्ति नेपाल पार्टी, नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सरकारले स्थानीय तह निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता