१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राप्रपा निर्वाचन क्षेत्र नम्बर–३ को अध्यक्षमा चक्रबहादुर मल्ल सर्बसम्मत

२१ माघ २०७३, शुक्रबार १३:१७

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टि बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन आज बुर्तिबाङमा सम्पन्न भएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल विच एकता भएपछि आज देशैभर एकै साथ क्षेत्रीय अधिवेशन भएको हो । अधिवेशनको उद्घाटनपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपक कुँवर क्षेत्रीले पार्टि एकतापछिको राप्रपा बलियो भएको भन्दै आगमी निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दावि गर्नुभयो । 

उहाँले नेपालमा बहुसंख्यक नागरिक हिन्दु धर्ममा आस्था राख्ने भएकाले संविधिन संसोधन मार्फत हिन्दु राज्य कायम गर्न माग गर्नुभयो । संसोधनबाट नभए जनमत संग्रह गरेरै भएपनि नेपाललाई हिन्दु राज्य बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रशका महाधिवेशन प्रतिनिधि सोमबहादुर पौवि यामु, नयाँ शक्ति नेपालका क्षेत्रीय सहसंयोजक शंकर कुँवर र उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर कुँवरले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

अधिवेशनले चक्रबहादुर मल्लको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

उपाध्यक्षमा मानबहादुर सिंह र दुर्गाबहादुर बुढा, सचिवमा रामबहादुर कुँवर क्षेत्री, सहसचिवमा मनप्रसाद घर्ती र कृष्ण श्रीस तथा कोषाध्यक्षमा लक्ष्मी कुँवर रहनुभएको छ । 

सदस्यमा दिपक कुँवर क्षेत्री, दुर्गाराज पाईजा, मन सिंह, प्रतिमान विक, मेघध्वज मल्ल, सोभा चन्द, भुनाकुमारी चन्द, ग्यामै विक, निमबहादुर भण्डारी, हरिप्रसाद श्रेष्ठ, जीबबहादुर बुढाथोकी, धनबहादुर पुन, बागदल श्रीस र भिमप्रसाद घर्ती रहनुभएको छ । 

अधिवेशनले निर्वाचन क्षेत्र नम्बर–२ का सवै गाविसका अध्यक्ष र एक÷एक जना महिला सदस्य रहने गरि जिल्ला अधिवशनका लागि प्रतिनिधि चयन गरेको छ । 

केन्द्रिय महाधिवेशनका लागि ९ जना प्रतिनिधि चयन गरेको छ । केन्द्रिय प्रतिनिधिमा चक्रबहादुर मल्ल, प्रतिमान विक, लक्ष्मी कुँवर, दुर्गाराज पाईजा, दुर्गाबहादुर बुढा, रामबहादुर क्षेत्री, मेघध्वज मल्ल र दिपक कुँवर क्षत्री रहनुभएको छ । अधिवेशनमा ७० जना प्रतिनिधि सहभागी थिए । 

राप्रपाको जिल्ला अधिवेशन माघ २५ गते बागलुङ बजारमा र केन्द्रिय महाधिवेशन फागनु ६ गतेदेखि ९ गतेसम्म काठमाण्डामा हुँदै छ । कार्यक्रम क्षेत्रीय अध्यक्ष चक्रबहादुर मल्लको अध्यक्षता, निमबहादुर भण्डारीको स्वागत मन्तव्य र रामबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह