Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्वाचन कार्यालय डोल्पामा ३ सय ३० जनाले नाम दर्ता र अध्यावधीक गराए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही | माघ २६, डोल्पा | जिल्ला निर्वाचन कार्यालयमा डोल्पामा ३ सय ३० जनाले नाम दर्ता गराउनुका साथै अध्यावधीक गारएका छन ।

डोल्पा जिल्लाका २३ वटै गाविसमा सँचालन गरिएको मतदाता नामावलि साकलन दर्ता,अध्यावधिकल दावी बिरोध कार्यक्रममा महिला १ सय ४९ जना,पूरुष १ सय ८३ जना गरि जम्मा ३ सय ३० जनाले मतदाता नामावलि दर्ता,अध्यावधिक र आवी बिरोध गरेको जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले जानकारि दिनु भयो ।

निर्वाचन कार्यालय डोल्पामा १८ बर्ष पूरा भइ माघ २६ गते सम्म मतदाता नामावलि सँकलन दर्तामा नामावलि दर्ता गराउने महिला ८ हजार ४ सय १८ र पूरुष ८ हजार २ सय ६६ गरि जम्मा १६ हजार ६ सय ८४ जनाले नामावलि दर्ता गराएको निर्वाचन अधिकारि बुढाले बताउनु भयो ।

कुल मतदाता नामावलि सँलन दर्ता,अध्यावधिक र दावी बिरोधको समयमा आज सम्म १ सय ९ जनाको मृत्यू भएका छन । त्येसै गरि मतदाता नामावलिको ठेगाना परिवर्तनमा १ जना, त्रुटि सच्याइएका ८ जना, दोहोरो नाम परि हटाइएका २२ जना रहेको निर्वाचन आयोगमा जानकारि गराएको र अब परिचपत्र आउदा सबै कुरा सच्चिएर सहि तथ्याँक आउने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ ।