१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गोकुलेश्वर क्याम्समा दुई सय विद्यार्थी मतदानबाट बञ्चित

७ फाल्गुन २०७३, शनिबार ०२:३९

पंकजबहादुर धामी/फागुन ७, दार्चुला । क्याम्पसमा भर्ना भई रजिष्ट्रेसनसमेत गरेका २ सय जना विद्यार्थीको नाम क्याम्पसमा रहेको निर्वाचन समितिले मतदाता नामावलीको सूचिबाट हटाएको छ ।

भर्ना मात्रै भएका तर क्याम्पसले निर्धारण गरेको शुल्क नतिरेका २ सय जना विद्यार्थी नाम सूचिबाट हटाइएको मतदान अधिकृत धनसिह बिष्टले बताए । २ सय जनालाई नामावलीबाट हटाइएपछि क्याम्पसमा ७४ जनाले मात्रै निर्वाचनमा भाग लिनेछन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिल्लाका सात क्याम्पसमध्ये चार क्याम्पस मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।

क्याम्पसहरुमा बिना कुनै अबरोध स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अगाडि बढेको प्रहरी प्रमुख कदार खनालले बताए । निर्वाचनलाई सम्पन्न गर्न प्रहरीले चाहिने जति सुरक्षाको व्यवस्था गरेको बताउँदै डिएसपी खनालले कुनै क्याम्पसबाट पनि सुरक्षा माग भई आए तुरुन्त खटाउन सक्ने गरी व्यवस्था गरेको बताए ।

नेवि संघ क्रान्तिकारीको गठबन्धन

दार्चुलाका प्रमुख दुई क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा स्ववियु निर्वाचन लड्दै छन् ।

केन्द्रको रणनीति अनुसार संघ र क्रान्तिकारीले संयुक्त रुपमा उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

गोकुलेश्वर बहुमुखी क्याम्पसमा संयुक्त प्यानलले मात्रै उम्मेदवारी दर्ता गराएको छ भने दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु क्रान्तिकारी र नेवि संघको छुट्टै प्यानल र अनेरास्ववियुको छुट्टै प्यानलले मात्रै उम्मेदवारी दिएको छ ।

गोकुलेश्वर बहुमुखी क्याम्पसमा संयुक्त प्यानलका तर्फबाट क्रान्तिकारीका भुवन भण्डारी सभापति, नेवि संघका शान्ति भाँट सचिव र क्रान्तिकारीका प्रकाश विष्ट कोषाध्यक्षका उम्मेदवार रहेका छन् । 

यता दार्चुला बहुमुखी क्याम्पसमा भने नेवि संघका महादेव जोशी सभापतिमा, क्रान्तिकारीका इन्द्रसिह ठगुन्ना सचिवमा र नेवि संघका दिपक खातीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियुका तर्फबाट भने सभापतिमा संजयसिह धामी, सचिवमा लालबहादुर बंम र कोषाध्यक्षमा दिपमाला घर्तिलाई मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन