कृष्ण कँडेल | फागुन १५,बागलुङ | मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवश विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहयागि हुने कार्यक्रम उह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | फागुन १५,बागलुङ | मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवश विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहयागि हुने कार्यक्रम उह"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उपराष्ट्रपति पुन बुर्तिबाङ आउने कार्यक्रम सारिरीक अस्वस्थताका कारण स्थगित

१५ फाल्गुन २०७३, आईतवार ०३:५०

कृष्ण कँडेल | फागुन १५,बागलुङ | मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवश विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहयागि हुने कार्यक्रम उहाँको अस्वस्थताका कारण अन्तिम समयमा आएर स्थगित भएको छ । 

उपराष्ट्रपति पुनलाई झाडा पखला लागेको र ज्वरो समेत बढेर शारिरीक अबस्था कमजोर भएपछि उहाँको नागरिक अभिनन्दन र मगर दिवश विशेष कार्यक्रम उद्घाटन उपराष्ट्रपति ज्युबाट हुन नसक्ने अबस्था सिर्जना भएको मगर सेवा समाजका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

उपराष्ट्रपति अस्वस्थ भएपछि कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता तथा पुर्वरक्षामन्त्री रामबहादुर थापा बादलले गर्नुहुने आयोजकले जनाएको छ । आज हुने कार्यक्रममा उपराष्ट्रपति पुनको लिखित शन्देश उहाँका स्वकिय सचिव शुकबहादुर रोकाले कार्यक्रममा प्रश्तुत गर्ने उहाँको भनाई छ । 

विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा आज उद्घाटन गरि भोलीसम्म चल्ने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन कार्यक्रमको आयोजक र नागरिक स्तरका स्थानिय संघ संस्थाले समेत भब्य तयारी गरेका थिए । 

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, अञ्चल प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी प्रमुख लगात जिल्लाका सुरक्षा प्रमुखहरु हिजै बुर्तिबाङ आईसकेका छन् । मगर दिवशको भब्य तयारी भएको र उपराष्ट्रपति पुनको नागरिक अभिनन्दन बाहेक पुर्व निर्धारित सवै कार्यक्रम हुने अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभएको छ । 

उहाँले कार्यक्रमका लागि तयारी गरेका सम्पुर्ण संघ संस्था लगायत सबैलाई पुर्वनिर्धारित कार्यक्रम अनुसार नै सहभागी हुन उहाँले अपिल गर्नुभएको छ । 

मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा आधारित विभिन्न झाँकीको तयारी गरिएको छ । निसीको भल्कोटबाट झाँक्रि नाच, तमान र भिमगिठेबाट पञ्चोबाजा, अधिकारीचौरबाट कौडानाच तथा भिमगिठेबाट मारुनी नाच ल्याईने उपाध्यक्ष सेरमान घर्तीले जानकारी दिनुभयो ।

गणतन्त्र नेपालका उपराष्ट्रपति पुनलाई नागरिक अभिनन्दन गरिने भएपछि पश्चिम बागलुङमा रहेका राज्य स्तरका कार्यालय, विभिन्न गैरसरकारी संघ संस्था र आम नागरिक स्तरका संस्था र सवै नागरिकमा उत्साह बढेको थियो । 

कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादल, समाजसास्त्री तथा जनजाति आन्दोलनका अगुवा डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार भवानी बराल, बागलुङका पुर्व जिविस सभापती लिलबहादुर थापा, राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडी लगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने छ । 

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वबाट मगरको पहिचान, संस्कृति, मगर दिवशको महत्व लगायतका विषयमा सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा चार्चित कलाकारहरु, कुमार पुन, राजु परियार, तिर्सना घर्ती, जुना श्रीस, निर आले लगायतले सांगितिक, सांस्कृतिक प्रश्तुति दिनेछन् । 

कार्यक्रमको अवसरमा हिजो सम्पन्न ताराखेल प्रतियोगितामा मगर समाज तमान प्रथम र खुङ्खानीको नर्जाखानी समुह द्वितिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ४० हजार र द्वितिय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।  

कार्यक्रमका प्रमुख अतिथि माओवादी नेता बादल दिउसो १२ बजे हेलिकप्टर मार्फत बुर्तिबाङ आउने कार्यक्रम छ । दिउसो १ बजे कार्यक्रमको बुर्तिबाङ बसपार्कमा उद्घाटन गरिने छ । उहाँको मगर दिवशको कार्यक्रम सहित पार्टिका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ ।

मगर दिवश उद्घाटन कार्यक्रमको अफिसियल मिडिया रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गर्ने छ । 

आज हुने कार्यक्रमको बारेमा अहिले विहान ८ बजेपछि रेडियो बुर्तिबाङबाट प्रसारण हुने कार्यक्रम सुभविहानीको स्तम्भ जनसरोकारमा मगर समाज सेवा केन्द्र बुर्तिबाङ अध्यक्ष थम प्रकाश पुनसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ ।   






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर