फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले अब छिट्टै जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ । 

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले अब छिट्टै जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ । 

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबा"/>

२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानले इलाका इन्चार्जहरु तोक्यो

१८ फाल्गुन २०७३, बुधबार १२:४९


फागुन १८, सल्यान । नेकपा एमाले सल्यानले जिल्लाभर इलाका इन्चार्जहरु तोकेको छ ।

आज बुधबार खलंगामा समपन्न एमाले आठौं जिल्ला अघिवेशनबाट निर्वाचीत जिल्ला कमिटिको प्रथम बैठकले जिल्लाको ११ वटै इलाकामा इन्चार्ज तोकेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले इलाका नम्बर १ मा  ज्ञान्द्र बहादुर खत्री, २ मा लोकेन्द्र सिंह खड्का,३ मा घनश्याम शर्मा र ४ मा ज्ञान बहादुर खड्कालाइ इलाका इन्चार्जमा तोकेको जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले जनाए ।

उनका अनसार इलाका नम्बर ५मा हिमेन्द्र बुढाथोकी, ६ मा मोतीलाल घर्ती, ७ मा जित बहादुर चलाउने, ८ मा रविराज शर्मा, ९ मा भैरव बहादुर शाह, १० मा दल बहादुर के सी र ११ मा घनश्याम शर्मालाइ इन्चार्ज तोकिएको छ ।

साथै नवनिर्वाचीत कमिटीको पहिलो बैठकले आगामी फागुन मसान्त सम्म सम्बन्धीत इलाका इन्चार्ज तथा निवर्तमान जिल्ला कमिटी सदस्य लगाएतको समन्वयमा प्रत्येक इलाकामा एकताको सन्देश दिने गरि जन सभाहरु र प्रशिक्षणहरु चलाउने निर्णय गरेको पनि उपाध्यक्ष सेनले जनाए । यस्तै आगामी चैत्र ५ गते सुर्खेतमा पार्टि अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने विशाल आमसभामा सल्यानबाट १ हजारको संख्यामा पार्टि नेताकार्यकर्ता जाने निर्णय गरेको पनि उनले जनाए ।

आजको बैठकमा बोल्दै बैठकका प्रमुख अतीथी एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले एमालेको जीतमा नै मुलुकको हित भएको दाबी गरेका छन् । उनले अवको स्थानीय तहको चुनावमा आम राष्ट्रप्रेमी नागरिकको मत एमालेमा आउने पनि विश्वास गरे ।

यस्तै बिशिस्ट अतिथी एमालेका जिल्ला इन्चार्ज गुलाबजंग शाह, अतिथिहरु उदय बोहरा, शान्ता हमाल, हरि केसी लगाएतकाले बोल्दै सिंगो एमाले एक भएर उभीएको र समाज परिवर्तन गर्न सक्ने पाटी एमाले भएको बताएका थिए ।

उपाध्यक्ष  भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सञ्चालन सचिव रमेश कुमार गौतमले गरेका थिए । बैठकले जिल्ला अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार