२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको स्ववियुमा कही एकल त कही संयुक्त प्यानल विजयी

१८ फाल्गुन २०७३, बुधबार १४:२४

दलसिंह गिरी | फागुन १८, कालिकोट | जिल्लाकै हेडर क्याम्पसको रुपमा रहेको तिलाकर्नाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आज शान्तिपूर्ण बाताबरणमा सम्पन्न भएको छ । स्ववियु निर्वाचन कै विषयलाई लिएर २ दिन देखि तनाब ग्रस्त जिल्ला सदरमुकाम तिलाकर्नाली बहुमुखी क्याम्पसको निर्वाचन सकिए संगै सेलाएको छ । तिलाकर्नाली क्याम्पसमा भर्ना भएका १ सय ९७ विद्यार्थीहरु मध्य हिजो सम्म १ सय ५७ जनाले स्ववियु निर्वाचन कार्ड लिए पनि आज भएको निर्वाचनमा जम्मा १ सय ५६ जनाले मत खसालेको क्याम्पसले जनाएको छ ।

४ वटा विद्यार्थी संगठनहरुले क्याम्पसमा २ वटा संयुक्त प्यानल प्यानल दर्ता गराएका थिए, अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका लक्ष्मण शाही सभापती उम्मेदार रहेका छन् । भने अनेरा स्ववियु क्रान्तिकारी र राप्रविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियु क्रान्तिकारीका भिम प्रसाद आचार्य सभापती उम्मेदार रहेका छन् । तिलाकर्नाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवं स्ववियु निर्वाचन अधिकृत ताराकेशर रावतको नेतृत्वमा आज संचालन भएको निर्वाचन विहान ९ बजेबाट सुरु भै ३ बजे सकिएको र मत गणना आजै सुरु हुने तिलाकर्नाली बहुमुखी क्याम्पसका प्रशासकिय अधिकृत पदम बहादुर विष्टले बतानु भएको छ । मतगणनाको काम क्याम्पस परिषरमै गर्ने क्याम्पसको प्राब्धान रहेपनि साझको समय सुरक्षाका दृष्टिकोषले अलि अपाएक भएकाले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी मिलन केन्द्रमा मत गणना सुरु हुने तयारी भैरहेको विष्टले बताउनु भएको छ ।

यसै गरी रास्कोट क्षेत्रमा रहेको कर्नाली प्राविधि बहुमखी क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भै नेविसंघको प्यानल बिजयी भएको क्याम्पसले जनाएको छ । विजयी हुनेमा नेविसंघका नन्दलाल जैसी नेतृत्वको प्यानल विजयी भएको क्याम्पस प्रमुख दान बहादुर बमले बताउनु भएको छ । यसै गरी मेहलमुडीमा रहेको जनचेतना बहुमुखी क्याम्पसमा दर्ता भएका २ वटा प्यानलहरु मध्य अनेरास्ववियु, नेविसंघ र नयाँ शक्ति विद्यार्थी संगठनको संयुक्त प्यानले बिजयी हात पारेको क्याम्पसले बताएको छ । संयुक्त प्यानलबाट अनेरास्ववियुका प्रकाश संज्याल सभापतीमा विजयी भएका छन् । यसैगरी सचिव नेविसंघका पंचबम र कोषाध्यक्षमा नयाशक्तिका नौरा साउद विजयी भएका क्याम्पसले जनाएको हो । अनेरास्ववियु क्रान्तिकारीबाट अम्मर बहादुर बम नेतृत्वका प्यानल प्राजय भएको छ । यस्तै रास्कोट बहुमुखी क्याम्पसमा भने यो बर्ष विद्यार्थी नै भर्ना नभएका कारण स्ववियु निर्वाचन नभएको क्याम्पस प्रमुख मनिराज बरालले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार