१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय तह कार्यान्वयनपछि घरदैलोमै राज्यको सेवा: नेता सागर

१९ फाल्गुन २०७३, बिहीबार १४:१२

कृष्ण कँडेल | फागुन १९, बागलुङ | नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका अन्तरगत तमान गाविसको वडा नम्बर–७, ८ र ९ पर्ने वडापालिकाको वडा सम्मेलन आज लाममेलामा भएको छ । 

सम्मेलनले ओमबहादुर सिरपालिको अध्यक्षतामा १५ सदस्यीय वडापालिका कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कर्णबहादुर सिरपाली, सचिवमा धनप्रसाद सिरपाली, सहसचिवमा चन्द्रमान सिरपाली र कोषाध्यक्ष धनबुजा सिरपाली रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बागलुङ ईञ्चार्ज चन्द्रबहादुर बुढा सागरले नयाँ संविधानले अबलम्बन गरेको संघियता र स्थानिय तहको पुनर्संरचना कार्यान्वयन पछि विकट ठाउँका नागरिकको घरदैलोमै बिकास तथा राज्यको सेवा पुग्ने बताउनुभयो । 

उहाँले स्थानिय संरचना प्रश्ताब गर्दा तमानखोलालाई संरक्षित क्षेत्र सहितको स्थानिय तह बनाउन आफ्नो पार्टि र आफुले निरन्तर अडान राखेकाले सम्भब भएको दावि गर्नुभयो । सागरले दलित, महिला जनजाती लगायत पछाडि परेको समुदायमा राजनितिक जागरण ल्याउने काम माओवादी आन्दोलनले गरेको भन्दै अब आर्थिक समृद्धिको नेतृत्व पनि माओवादी नै गर्ने बताउनुभयो । 

आसन्न स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले उठाउँदै आएका परिबर्तनका मुद्धाको बारेमा स्थानिय नागरिकलाई सचेत गराउँदै पार्टि संगठन निर्माण र चुनाब केन्द्रित अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रि सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, अर्का केन्द्रिय सदस्य तथा ढोरपाटन गाउँपालिका सहईञ्चार्ज चन्द्र अर्याल लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम चन्द्रप्रकाश गोतामेको अध्यक्षता, ओमबहादुर सिरपालीको स्वागत र धनप्रसाद सिरपालीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट