फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वब"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रुद्रावती क्याम्पस वामीमा १० दिनदेखीको ताला खुल्यो

१९ फाल्गुन २०७३, बिहीबार १४:१६

फागुन १९, वामी गुल्मी । रुद्रावती बहुमुखी क्यामपस वामीमा बिगत १० दिन देखी लागेको ताला आज खुलेको छ । क्याम्पसमा फर्जी भर्ना गराएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले गत फाल्गुण १० गते क्याम्पस प्रशासनमा ताला ठोकेको थियो । 

बिगत १०दिनदेखीको राजनीतिक लुछाचुँडी पछि आज ताला खुलेको हो । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको प्रयोजन सँग सम्बन्धित गरी क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुले ताला बन्दी गरेको थियो । नेपाली काँग्रेस र नेकपा एमाले सम्बद्ध ब्यक्तिहरु मिली बनाइएको क्याम्पस सञ्चालक समितिमा रहेका पदाधिकारीहरु बिच बिगत केही दिन देखी भएको बार्ता चर्काचर्कीमै सिमित रहने गरेको कारण निष्कर्ष निस्कन सकेको थिएन ।

आज बिहान भएको सञ्चालक समिति, क्याम्पस प्रशासन, बिद्यार्थी संगठनका प्रतिनिधिहरु सहितको बैठकले छानबिन समिति गठन गरी सोही अनुसारको प्रतिबेदन सर्बसम्मत गर्ने बताएपछि ताला खुलेको हो । बैठककै बिचमा अनेरास्वबियुका एक बिद्यार्थीले छानविन समितिले आफुले भनेअनुसारको निर्णय नगरेमा आफुहरुले नमान्ने बताएपछि बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बिच चर्काचर्की सँगै झडपको स्थिती सिर्जना भएको थियो । नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्य र नेकपा एमालेका पुर्वपार्टी अध्यक्ष नारयाण सापकोटा बिच चर्काचर्की भएको थियो ।

पछि सबै मिली चार जनाको समुहमा एक छानविन समिति गठन गरिएको छ । जसमा नेपाली काँग्रेसका वामी पार्टी सभापति सुदर्शन शाक्य, नेकपा एमालेका हरिहर सापकोटा, नेकपा माओबादी केन्द्रका राजन सापकोटा र जनमोर्चाका सुन्दर प्रधान सहितको समितिले छान बिन सहितको प्रतिबेदन तयार पार्ने भनिएको छ ।

समिति गठन भएलगत्तै अनेरास्वबियुका केशब रानाले सबै उपस्थितको रोहबरमा ताला खोली समितिलाइ बुझाएका थिए । अनि मात्र समितिले आफु अनुसार ताला लगाएको थियो ।

यसरी क्याम्पसमा ताला खुलेको छ भने शुक्रबार बाट नियमित पढाइ पनि शुरु हुने छ । साथै ताला खुलेपनि स्वबियुको चुनाव भने हुन सकेन । बिद्यार्थीहरुमा सहमती हुन नसक्दा स्वबियु चुनाब हुन नसकेको हो । पटक पटक बार्ता बसी सहमती गर्न खोजिएपनि अनिर्णित बनेको हो । नेबिसंघ तथा अनेरास्वबियु दुबै पक्षले अध्यक्षमा दावी गरेका कारण स्वबियुको गठन पनि हुन नसकेको हो । – अनिश शर्मा गैरेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट