फागुन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।

सोमबार रिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।

सोमबार रिप"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ: एमाले

२०७३, २३ फाल्गुन सोमबार १२:१०

फागुन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा फुयाँलले गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजिनामा दिनुपर्ने माँग गरेका हुन् । मन्त्री निधिले एमालेलाई मधेशबाट लेखट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै निधिको उक्त भनाईप्रति आफूहरुको गम्भिर आपत्ति रहेको फुयाँलले बताए ।

उनले यसबारेमा सदनमा समेत आफ्नो पार्टीले कुरा उठाउने स्पष्ट पारे । फुयाँलले भने,‘यो मुद्दा सिँगो पार्टीको मुद्दा हो ।’ उनले आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उक्त अभियान संविधान कार्यान्वयनको लागि भएको स्पष्ट पारे । 

उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनवीच कुनै साईनो–सम्बन्ध नै नरहेको जिकिर गरे । उनले आफ्नो पार्टीले अभियान चलाउनु भनेको संविधानको मौलिक हकको प्रयोग गरेको बताए । 

उनले भने,‘मधेशमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ ।’ उनले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको बताउँदै अभियान देशभर दौडाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल