फागुन २३, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २३, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

२३ फाल्गुन २०७३, सोमबार १६:००


फागुन २३, सप्तरी । सप्तरीमा आज भएको हिंसात्मक घटनापछि नेकपा (एमाले) को मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन भएको छ । 

सो घटनापछि स्थायी कमिटीको आकस्मिक बैठकले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै तीन दिनका लागि अभियान सार्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यही फागुन २४, २५ र २६ गते तीन दिन स्थगनपछि फागुन २७ गतेदेखि अभियान पूर्ववत् सञ्चालन हुनेछ । 

एमालेको पूर्वघोषित अभियानअन्तर्गत आज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधबीच जनसभा सकिएपछि नेताहरु फर्कने क्रममा हिंसात्मक घटना भएको थियो । 

मेची–महाकाली राष्ट्रिय अभियान प्रभावकारी र शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र जनता उत्साहपूर्वक सहभागी भइरहेकामा आजको घटनाबाट पार्टी दुःखी भएको जनाउँदै एमालेले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले हिंसात्मक गतिविधि प्रदर्शन गरेको आरोप लगाइएको छ । 

यही फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानअन्तर्गत मङ्गलबार सिरहा र जनकपुरमा कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता