६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले ९ जिल्लामा र कांग्रेसले १ जिल्लामा चुनाव लड्न नपाउने

६ चैत्र २०७३, आईतवार ११:२४

चैत ६, काठमाडौँ | राप्रपा नेपालले देशका बिभिन्न ९ जिल्लामा चुनाव लड्न नपाउने भएको छ भने कांग्रेसले १ जिल्लामा चुनाव लड्न नपाउने भएको छ । 

राप्रपा नेपालले यो पटकको चुनावमा मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा चुनाव लड्न नपाउने भएको छ । यस्तै नेपाली कांग्रेसले डोल्पामा स्थानीय तहको चुनाव लड्न नपाउने भएको छ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समय दिएको थियो । तर यस अवधिमा राप्रपाले जिल्ला स्थित आफ्नो दल दर्ता गर्न नसक्दा निर्वाचनमै भाग लिन नपाउने भएको हो । 

९ जिल्लामा आफ्नो दल दर्ता गर्न छुटेपछि राप्रपाले पुन: निवेदन दिएको थियो । तर, आयोगले उसको निवादनलाई अस्विकार गरिदियो । 

कांग्रेसले पनि निर्वाचन आयोगले दिएको समय सिमा भित्रै डोल्पा जिल्लामा दल दर्ता गरेन । आफु डोल्पामा छुटेपछि कांग्रेसले पनि पुन: दर्ताको लागि निवेदन दिएको थियो तर आयोगले उसको निवेदन स्वीकृत गरेन । 

अब के गर्न सक्छन कांग्रेस र राप्रपाले ? 

निर्वाचनमा बिभिन्न जिल्लामा दर्ता छुटेपछि कांग्रेस र राप्रपालाई तनाब त भएको छ नै तर आयोगले उनीहरुलाई बैकल्पिक बाटो पनि देखाएको छ । आयोगका अनुसार दर्ता नभएका जिल्लाहरुमा कांग्रेस र राप्रपाले स्थानीय चुनाव लड्न नपाएपनि ति जिल्लाहरुमा स्वतन्त्र हैसियतमा उठ्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति