२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो निर्वाचनमा कस्ता व्यक्तिले लड्न पाउँछन् ? कसरी छानिन्छ उम्मेदवार ?

८ चैत्र २०७३, मंगलवार ११:१९

चैत ८, काठमाडौं । लामो समयको अन्तरपछी नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यो पटक झन्डै ४ लाखको हाराहारीमा उम्मेदवार उठ्दैछन । यत्रो संख्यामा उम्मेदवारले लड्ने आगामी चुनावमा लड्न कस्तो मापदण्ड चाहिएला त ? यो कुरा धेरैलाई चासोको कुरा हो त्यसैले हामीले तपाईलाई यससम्बन्धि जानकारी गराउन गईरहेका छौं ।

- उम्मेदवार हुनका लागि नेपाली नागरिक हुनुपर्छ र उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र चाहिन्छ । 

- उम्मेदवारको उमेर कम्तिमा २१ बर्ष पूरा भएको हुनुपर्छ ।

- मतदाता नामावलीमा नाम दर्ता गराईसकेको हुनुपर्छ । 

- जुन स्थानमा तपाईंले मतदाता नामावली छ त्यहाँबाट मात्र तपाइले स्थानीय तहको चुनाव लड्न पाउनुहुन्छ । (उदाहरणको लागि यदि तपाईको नामावली धादिङ्ग जिल्लामा छ तर तपाइँ काठमाडौँको कुनै स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने तपाइले पाउनुहुन्न । यस्तो अवस्थामा तपाइँ चुनाव लड्न आफ्नो मतदाता नामावली भएकै स्थानको स्थानीय तहमा पुग्नुपर्ने हुन्छ ।) 

- उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको नागरिक हुनुपर्छ ।

उम्मेदवार कसरी छानिन्छ ? 

स्थानीय निर्वाचनमा सम्वन्धित स्थानीय तह (जुन गाउँपालिका र नगरपालिका अन्तर्गत पर्छन) उल्लेख भएका त्यहाँका मतदाता नामावलीमा नाम भएका नागरिकहरुले बिभिन्न पदमा बिभिन्न दल तथा स्वतन्त्रबाट उठेका उम्मेदवारहरुलाई निर्वाचनको दिन मतदान गर्छन । 

एउटै मतदाताले ७ जना उम्मेदवार (स्थानीय तहको प्रमुख, उपप्रमुख, आफ्नो वडाको वडाध्यक्ष र बाँकी चार जना सदस्य)लाई मतदान गर्नेछ । यसरी निर्वाचनमा जसले पद अनुसार सबैभन्दा बढी मत प्राप्त गर्छ, त्यसको विजय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…