२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति सहित ८७ दलले आफ्नै नाममा चुनाव लड्न नपाउने, नयाँ शक्तिद्वारा विरोध

८ चैत्र २०७३, मंगलवार १६:०३

चैत ८, काठमाडौं । आउँदो बैशाख ३१ गतेको निर्वाचनमा नयाँ शक्ति सहित दलीय हैसियत नपाएका दलहरुले आफ्नै पार्टीको नाममा चुनाव लड्न नपाउने भएका छन् । स्थानीय तहको चुनावमा व्यवस्थापिका संसदमा भएका २७ दल बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा मात्र चुनाव लड्नु पर्ने भएको हो । 

आफ्नै पार्टीको नामबाट निर्वाचनमा सहभागी हुन नपाउने भएपछी नयाँ शक्तिले त्यस्तो ब्यबस्थाको विरोध गरेको छ । उसले निर्वाचन आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । तर संविधान र निर्वाचन ऐनमै त्यस्ता व्यवस्था भएकाले सच्याउन नसकिने आयोगले जनाएको छ । यस पटकको निर्वाचनमा ११४ दलले भाग लिन पाउछन् । तर, सांसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्रका हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । 

स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्वन्धित दलको निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । साथै उक्त दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ । उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह प्रदान गर्ने उल्लेख छ ।

यो व्यवस्थाले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका दलहरुले दलीय चुनाव चिन्ह नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…