२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र वडिगाड गाउँपालिकामा टोल समिति गठन

२०७३, १२ चैत्र शनिबार १६:०५

कृष्ण कँडेल/चैत १२, बागलुङ । नेकपा माओवादी बडिगाड गाउँपालिका वडा नम्बर–७ भिमगिठे गाँवमा भएको भेलाले टोल समिति गठन गरिएको छ ।

भेलाले डोरबहादुर छन्यालको अध्यक्षतामा १६ सदस्यीय टोल समिति गाँव गठन गरेको छ । समितिको उपाध्यक्षमा देउकली विक, सचिव रनबहादुर बिक, सहसचिव गिता दर्जी र कोषाध्यक्ष लिला चालिसे रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईन्चार्ज राजिब घिमिरेले स्थानिय तहको नयाँ संरचना, गणतन्त्र तथा समानुपातिक समावेशिता संबैधानिक रुपमै व्यवहारिक कार्यान्वयमा आएकाले माओवादी आन्दोलनले उठाएका मुद्धाले राजनितिक रुपमा विजय हाँसिल गरेको बताउनुभयो । 

ईन्चार्ज घिमिरले अब मतमत्र मार्फत नागरिकको मत लिएर यस्ता प्रगतिशिल मुद्धाको व्यवहारिक कार्यान्वयनको नेतृत्व पनि माओवादीले नै लिनुपर्नेमा जोड दिनुभयो । 

घिमिरेले जसको निति उसैको नेतृत्व भएमात्र राजनितिक मुद्धाको कार्यान्वय भई त्यसको उपलब्धि तुलनात्मक रुपमा बढि पाउन सकिने बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिकाका संयोजक कुविर विश्वकर्मा, स्थानिय नेता रनबहादुर विक र तुल्सी विकले पनि मन्तव्य राख्नुभएको थियो । भेला डोरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैविच नेकपा माओवादी केन्द्र तामानखोला गाउँपालिकाको वडा नम्बर–२ शिरखुममा टोल भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा स्थानिय नेता कार्याकर्तालाई माओवादी पार्टिको निती कार्यक्रम र आगामी स्थानिय निर्वाचनको बारेमा प्रशिक्षण र छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिकाका संयोजक देब पुनले निर्वाचनको बेलामा विकास गरिदिने तथा आर्थिक सहयोग गर्ने प्रलोभनमा परेर आफ्नो अमुल्य मत खेरफाल्न नदिन स्थानिय नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले यस अघि दुरदराजमा रहेका कम सचेत नागरिकको अमुल्य मत प्रलोभनमा पारेर दुरुपयोग गर्ने गरिएको स्मरण गर्नुभएको थियो । कार्यक्रम लिलबहादुर घमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश