१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र वडिगाड गाउँपालिकामा टोल समिति गठन

१२ चैत्र २०७३, शनिबार १६:०५

कृष्ण कँडेल/चैत १२, बागलुङ । नेकपा माओवादी बडिगाड गाउँपालिका वडा नम्बर–७ भिमगिठे गाँवमा भएको भेलाले टोल समिति गठन गरिएको छ ।

भेलाले डोरबहादुर छन्यालको अध्यक्षतामा १६ सदस्यीय टोल समिति गाँव गठन गरेको छ । समितिको उपाध्यक्षमा देउकली विक, सचिव रनबहादुर बिक, सहसचिव गिता दर्जी र कोषाध्यक्ष लिला चालिसे रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बडिगाड गाउँपालिका ईन्चार्ज राजिब घिमिरेले स्थानिय तहको नयाँ संरचना, गणतन्त्र तथा समानुपातिक समावेशिता संबैधानिक रुपमै व्यवहारिक कार्यान्वयमा आएकाले माओवादी आन्दोलनले उठाएका मुद्धाले राजनितिक रुपमा विजय हाँसिल गरेको बताउनुभयो । 

ईन्चार्ज घिमिरले अब मतमत्र मार्फत नागरिकको मत लिएर यस्ता प्रगतिशिल मुद्धाको व्यवहारिक कार्यान्वयनको नेतृत्व पनि माओवादीले नै लिनुपर्नेमा जोड दिनुभयो । 

घिमिरेले जसको निति उसैको नेतृत्व भएमात्र राजनितिक मुद्धाको कार्यान्वय भई त्यसको उपलब्धि तुलनात्मक रुपमा बढि पाउन सकिने बताउनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिकाका संयोजक कुविर विश्वकर्मा, स्थानिय नेता रनबहादुर विक र तुल्सी विकले पनि मन्तव्य राख्नुभएको थियो । भेला डोरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैविच नेकपा माओवादी केन्द्र तामानखोला गाउँपालिकाको वडा नम्बर–२ शिरखुममा टोल भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा स्थानिय नेता कार्याकर्तालाई माओवादी पार्टिको निती कार्यक्रम र आगामी स्थानिय निर्वाचनको बारेमा प्रशिक्षण र छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिकाका संयोजक देब पुनले निर्वाचनको बेलामा विकास गरिदिने तथा आर्थिक सहयोग गर्ने प्रलोभनमा परेर आफ्नो अमुल्य मत खेरफाल्न नदिन स्थानिय नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले यस अघि दुरदराजमा रहेका कम सचेत नागरिकको अमुल्य मत प्रलोभनमा पारेर दुरुपयोग गर्ने गरिएको स्मरण गर्नुभएको थियो । कार्यक्रम लिलबहादुर घमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का