चैत १३, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचन: महासचिव पोख्रेल

१३ चैत्र २०७३, आईतवार ०८:०६


चैत १३, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।  

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको बताउनुभयो । 

महासचिव पोख्रेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जिम्मेवार राजनीतिक दलका हैसियतले एमाले क्रियाशील रहेको उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन प्रभावित बन्न नहुनेमा जोड दिनुभयो । 

पार्टीको नीतिअनुसार जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा उम्मेदवार बन्न सक्ने स्पष्ट पार्दै उहाँले उम्मेदवार चयनका लागि केन्द्रबाट कुनै दबाब नदिइने विश्वास व्यक्त गर्नुभयो । 

महासचिव पोख्रेलले एमालेले सञ्चालन गरेको मेचीकाली अभियानअन्तर्गत यसअघि स्थगित भएका प्रदेश नं २ का कार्यक्रम यही चैत १६ र १७ गते सञ्चालन गरिने जानकारी दिदैं मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का