चैत १३, काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपा"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

२०७३, १३ चैत्र आईतवार ०८:१९


चैत १३, काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिनुभयो । 

कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । 

महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलफल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ । 

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव रहनुहुनेछ । 

त्यस्तै समितिमा केन्द्रीय सदस्यहरु पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहनुभएको नेता रिजालले जानकारी दिनुभयो । 

पार्टीमा हाल पदाधिकारीका रुपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र हुनुहुन्छ भने उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ । केन्द्रीय समितिले पार्टीको ४३ केन्द्रीय विभाग रहने निर्धारण गरेको छ । बैठकले नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन लागि घोषणापत्र तयारी समिति गठन गर्ने तयारी गरेको छ । 

बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ । 

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहनुभएका नेता निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग राजनीतिक सहमतिका विषयमा भएका छलफल र प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नेपाल जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रुपमा दर्ता गराउनुभएको छ । 

उहाँले नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि उक्त बिषय प्रस्तुत गर्न माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा