चैत १३, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ ।&n"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको ‘ओबोर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ: मन्त्री महत

२०७३, १३ चैत्र आईतवार ०८:५९

चैत १३, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राख्नुभएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राख्नुभएको हो । 

उहाँले भन्नुभयो – “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्काे संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।” 

परराष्ट्रमन्त्री डा महतले छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पु¥याउनका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो । 

सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने बताउँदै उहाँले चीनलाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउन आग्रह गर्नुभयो । 

मन्त्री डा महतले भन्नुभयो – “नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन ।” 

नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा लगानीका लागि उहाँले चीन सरकारसँग आग्रह पनि गर्नुभयो । 

मन्त्री डा. महतले हामीसँग प्रचुर मात्रामा जल, प्राकृतिक सम्पदा, जडीबुटी, वनस्पति तथा विश्वप्रसिद्ध आकर्षक हिमाल पहाड भए पनि पूर्वाधारको कमीका कारण यो सम्पत्तिबाट हामी लाभान्वित हुन सकेका छैनौँ भने अर्कातर्फ बर्सेनि हाम्रो श्रम बजार बाहिरिएको छ भन्नुभयो । 

एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा पु¥याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दै उहाँले सदियौँअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल–चीन सम्बन्ध हाल पनि सुमधुर रहेको र नेपाल एक चीन नीतिप्रति अडिग रहिआएको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो सेन्टरमा विभिन्न वक्ताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री डा महतसँग आजै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओले भेटवार्ता गर्नुभएको जनसम्पर्क तथा प्रेस संयोजक पाठकले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा