कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको ढोरपाटन नगर निर्वाचन परिचालनको जिम्मा केसर छन्त्याललाई

१४ चैत्र २०७३, सोमबार १७:०५

कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको स्थानिय निर्वाचन केन्द्रित कार्यक्रम अन्तरगत भएको कार्यकर्ता प्रशिक्षणमा एकालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले झण्डै दुई दशक देखि हुननसकेको स्थानिय निर्वाचन सम्पन्न गरि स्थानिय तहमा जनताका प्रतिनिधि निर्वाचित गर्नका लागि जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो । 

उहाँले संविधान कार्यान्वय र मुलुकलाई मृद्धिको बाटोमा लैजानपनि स्थानिय निर्वाचन आबश्यक रहेकोमा जोड दिनुभयो । नेता नेपालीले एमालेकै दवाबमा सरकारले स्थानिय निर्वाचनको मिति तय गरेको भन्दै अझै सरकारले खुट्टा कमाउन खोजेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सचिव लालाबहादुर थापा, सहसचिव बिष्णु भुषाल, स्थानिय निकाय बिभाग प्रदेश नम्बर–४ का सदस्य बटंक पौडेल र ज्यष्ठ कम्युनिष्ट मञ्च प्रदेश नम्बर–४का सदस्य दलबहादुर घर्तीले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो । 

सो अबसरमा सम्पन्न भेलाले जिल्ला सदस्य केसर छन्यालको संयोजकत्वमा ५०१ सदस्यीय ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । शुशिला शर्माको अध्यक्षतामा अनेरास्ववियुको २३ सदस्यीय ढोरपाटन नगर स्तरिय प्रारम्भिक कमिटि गठन गरेको छ । कार्यक्रम जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका संयोजक लक्ष्मण पुनको अध्यक्षता, जिल्ला सदस्य हरि घर्तीको स्वागत र जिल्ला सदस्य तथा ढोरपाटन नगर सहसंयोजक केसर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का