२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको प्रशिक्षण कार्यक्रम तमानखोला र निसीखोला गाउँपालिकामा

२०७३, १६ चैत्र बुधबार ०२:४३

कृष्ण कँडेल/चैत १६, बाग्लुङ । नेकपा एमाले बागलुङको तमानखोला गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मंगलबार गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकले स्थानिय निर्वाचनमा होमिन स्थानिय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सबै बामपन्थी शक्ति एकजुट हुँदा बलियो बन्ने भन्दै कम्युनिष्ट पार्टि विच चुनाबि तालमेलको प्रयास भईरहेको बताउनुभयो । 

कार्यक्रममा उपसचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य केसर छन्त्याल, गोकुल छन्त्याल, उमादेबि घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो ।  भेलाले जिल्ला सदस्य उदिम छन्त्यालको संयोजकत्वमा २५१ सदस्यीय तमानखोला गाउँपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै निसिखोला गाउँपालिकाको झिवाखोलामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर–४ का सदस्य प्रेम खरेलले गाउँगाउँमा निर्वाचन केन्द्रित अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमाले सरकारले गरेका काम र राष्ट्रियताको पक्षका लिएको अडानका कारण स्थानिय तहको निर्वाचनका लागि देशभर एमालेको लहर देखिएको तर्क गर्नुभयो । 

कार्यक्रममा जिल्ला सचिब लालबहादुर थापा, स्थानिय तह विभाग प्रदेश नम्बर–४ का सदस्य टंकप्रसाद पौडेल र जिल्ला सदस्य लालबिर लौप्चनले मन्तव्य राख्नुभएको थियो । 

भेलाले जिल्ला सदस्य लालबिर लोप्चनको संयोजकत्वमा गाउँपालिका स्तरिय १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ