२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नेपाल कम्युनिष्ट पार्टिले कार्यालयको बोर्ड च्यात्यो

१९ चैत्र २०७३, शनिबार १३:३०


कृष्ण कँडेल/चैत १९, बागलुङ । स्थानिय निर्वाचनको खारेजिको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टिले बागलुङका स्थानिय तहका कार्यालयमा तालाबन्दि गर्दै कतिपय कार्यालयको बोर्ड झिकेर फालेको र केहि च्यातेर छोडेको भेटिएको छ ।

ढोरपाटन नगरपालिका कार्यालयमा शनिबार विहान ताला लगाएको, कार्यालयको बोर्ड च्यातिएको र कार्यालयको च्यानल भित्र नेपाल कम्युनिष्ट पार्टिको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर राखेको भेटिएको प्रहरीले जनाएको छ । 

गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाको कार्यालयमा पनि कतै ताला लगाएको त कतै बोर्ड निकालेर फालेको र कतै झिकेर लगेको भेटिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।

कार्यालयको नजिकै ‘कथित स्थानिय चुनाब खारेज गरौँ’ भन्दै मतपत्र र मतपेटिका जलाएको तस्विर भएको नेपाल कम्युनिष्ट पार्टिको पर्चा भेटिएको प्रहरीको भनाई छ । 

ताला प्रहरीले तोडेको छ । निर्वाचन विरोधि गतिविधि गर्नेहरुको खोजि कार्य सुरु गरिएको ईप्रका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । 

गलकोट नगरपालिकाका निमित्त कार्यकारी अधिकृत माधब शर्माले आज बिहान कार्यालयको बोर्ड झिकेको र कार्यालय नजिकै पर्चा भेटिएको स्थानियले आफुलाई बताएको जानकारी दिए ।

घटनाको बारेमा सोध्दा पार्टिको कार्यक्रममा अहिले वुटवल रहेको बताउने नेकपाका एक जिल्ला स्तरिय नेताले नाम उल्लेख नगर्न आग्रह गर्दै पार्टिको निर्वाचन बहिष्कारको निति अनुसार नै आफ्ना कार्यकर्ताले यस्तो गतिबिधि गरेको स्विकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य