२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदका लागि हानथाप गरेर देश बन्दैन: ओली

२० चैत्र २०७३, आईतवार १३:११

चैत २०, काभ्रे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताउनुभएको छ । 

काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्नुहुँदै उहाँले देश विकासका लागि एमालेको आवश्यकता रहेको बताउनुभयो । 

“एमालेलाई कुनै पद होइन देश बनाउने जिम्मेवारी दिनुपर्छ”– अध्यक्ष ओलीले भन्नुभयो, “हामीले पदकै लागि हानथाप गर्ने हो भने देश कहिल्यै पनि बन्दैन ।” 

समृद्ध नेपालको सम्भावना पत्ता लगाएर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सम्भावनाको खोजी नगरी वैदेशिक रोजगारीलाई बढावा दिएमा देश विखण्डन हुनसक्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सांसदहरु गोकुल बाँस्कोटा, विदुर सापकोटा तथा टोपबहादुर तामाङले स्थानीय तहको निर्वाचनमा एमालेलाई नै अत्यधिक मतले जिताउनुपर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ