कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा माओवादी केन्द्रले बागलुङको ढोरपाटन नगरपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ । 

आज बुर्तिबाङ बजारमा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा माओवादी केन्द्रले बागलुङको ढोरपाटन नगरपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ । 

आज बुर्तिबाङ बजारमा भ"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र ढोरपाटन नगर निर्वाचन परिचालन संयोजकमा तुल्सिराम अर्याल

२०७३, २६ चैत्र शनिबार १४:५३


कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा माओवादी केन्द्रले बागलुङको ढोरपाटन नगरपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ । 

आज बुर्तिबाङ बजारमा भएको नगरसमितिको बैठकले राष्ट्रि सम्मेलन आयोजक समिति सदस्य तथा जिल्ला अनुसासन समिति सदस्य तुल्सीराम आर्यालको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

नगरपालिका स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले स्थानिय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँ र नगरमा आएको भन्दै स्थानिय तहलाई बालियो बनाउन सक्षम जनप्रतिनिधि निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्यालले गाउँ र टोलका नागरिकको समस्या बुझेर त्यसको समाधानको लागि काम गर्न सक्ने र स्थानिय तह सञ्चालनको न्युनतम ज्ञान भएकालाई उम्मेद्वार बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले माओवादी आन्दोलनले स्थापित गरेका राजनितिक मुद्धाहरुको कायान्वयनका लागि माओवादीकै नेतृत्व आबश्यक रहेको कुरा नागरिकलाई बुझाउन आग्रह गर्नुभएको छ । 

कार्यक्रममा केन्द्रिय सल्लाहकार सेरमान घर्ती, माओवादी नेता ददिराम शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, दलित अगुवा ज्ञानबहादुर विक लगायतले मन्तव्य राख्नुभएको थियो । 


जिल्ला कार्यालयको बैठकको निर्णय सहितको परिपत्र शिक्षक संगठनका नेता दिपक घिमिरेले बाचन गर्नुभएको थियो भने नगरका ९ वटै वडाका अध्यक्षले वडामा पार्टिको अबस्था लगायतको विषयमा रिपोर्टिङ गरेका थिए । राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका सहईन्चार्ज चन्द्रलाल आर्यालले उम्मेद्वार छनोट लगायत जिल्ला पार्टि र नगर समितिले परिपत्र गरेको निर्णय कार्यान्वयनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।   

बैठकले सवैवडामा पार्टिको वडा कार्यालय स्थापना गरि कार्यसम्पादन सुरु गर्ने, बैसाख १ गते भित्र वडाबाट चुनाव लड्ने उम्मेद्वारको टुङ्गा लगाएर नगरकमिटिमा सिफारिस गर्ने, बैसाख १ गते हुने नगर सम्मेलनको तयारीमा जुट्ने लगायतका निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

बैठक ढोरपाटन नगरपालिकाका सहईन्चार्ज चन्द्रलाल आर्यालको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच आजै भएको माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–१ को बैठकले वडा अध्यक्षको नाम नगरसमितिमा सिफारिस गर्ने निर्णय गरेको छ । 

वडा अध्यक्ष चित्रबहादुर भण्डारी, पुर्णबहादुर विक र लालबहादुर घर्तीको नाम वडाअध्यक्षको उम्मेद्वारका लागि नगरसमितिमा सिफारिस गर्ने निर्णय गरेको माओवादीले जनाएको छ । 

वडा सदस्य अर्को बैठकले टुङ्गो लगाउने अध्यक्ष चित्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार