२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा उम्मेदवारको आकाङ्क्षी बढे

२०७३, ३० चैत्र बुधबार ११:००

चैत ३०, पाँचथर ।स्थानीय तहको मिति नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा निर्वाचनको चर्चासंगै मुख्य दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार तय गर्न लागिपरेका छन् ।सम्भावित उम्मेदवारका विषयमा दलभित्र बहस र चलिरहेको छ । 

नेताहरु पार्टीबाट उम्मेदवारको टिकट पाउन पार्टी कमिटीदेखि शक्ति केन्द्रसम्म धाइरहेका छन् । सर्वाधिक चर्चाको रहेको फिदिम नगरपालिकामा आउँदो निर्वाचनका लागि २७ हजार एक सय ८१ मतदाता छन् । 

जिल्लाको कुल जनसङ्ख्याको करिब एक चौथाई जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ हजार ९४३ पुरुष र १३ हजार २३८ महिला मतदाता छन् । फिदिममा एक प्रमुख, एक उपप्रमुख, १४ वडामा १४ वडाध्यक्ष र ५६ वडा सदस्य गरी ७२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

साबिकको फिदिम नगरपालिका, लुम्फाबुङ, नांगिन, रानीटार र लुङरुपा गाविस तथा याङनाम गाविसका १ देखि ५ सम्मका वडा समेटिएको फिदिम नगरपालिकाको प्रमुखमा दलहरुभित्र धेरै आकाङ्क्षी देखिएका छन् । दललाई प्रमुख, उपप्रमुख छनौट गरेर उम्मेदवारी घोषणा गर्न कठिन परिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक