चैत ३०, धनगढी । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन्। 

आज यहाँ पत्रकारसँग कुरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३०, धनगढी । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन्। 

आज यहाँ पत्रकारसँग कुरा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई चरणमा निर्वाचन गर्ने कुरा आयोगले सोचेको छैन: आयुक्त शर्मा

३० चैत्र २०७३, बुधबार ११:२२


चैत ३०, धनगढी । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन्। 

आज यहाँ पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पारिन् । उनले  भनिन्- दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ ।

यसैबीच आयोगले आज यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन विवाद निरुपण विषयमा छलफल गरेको छ। 

कार्यक्रममा आयोगका सहसचिव दिनेश घिमिरेले निर्वाचन आचारसंहिताका विषयमा प्रस्ट्याएका थिए । 

सो अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध प्रतिनिधिले विगतका निर्वाचनभन्दा आगामी निर्वाचन केही फरक संरचनाको भएकाले मतदाता शिक्षा व्यापकरुपमा सञ्चालन गर्नुपर्ने र आचारसंहिताको अक्षरशः पालना गर्न आयोगले विषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए । 

यसैबीच नेकपा (माओवादी केन्द्र)ले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा कुन व्यक्तिलाई उठाउने भन्ने टुङ्गो लगाएको छ । उपमहानगरको प्रमुखमा धनगढी–७ का रामसमझ राना र उपप्रमुखमा वडा नं ८ की शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निधो गरेको उक्त पार्टीका केन्द्रीय सदस्य रमेश धामीले जानकारी दिए । 

यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्ट र टीकापुर नगरपालिकाको प्रमुखमा शिव थापालाई उठाउने निधो भएको धामीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही