कृष्ण कँडेल/बैसाख २, बागलुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय निर्वाचनको खारेजी गर्ने भन्दै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख २, बागलुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय निर्वाचनको खारेजी गर्ने भन्दै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा राष्ट्रि"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बिप्लबको निर्वाचन बहिष्कार जागरण कार्यक्रम (फोटोफिचर)

२०७४, २ बैशाख शनिबार १३:१७


कृष्ण कँडेल/बैसाख २, बागलुङ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय निर्वाचनको खारेजी गर्ने भन्दै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा राष्ट्रिय जनजागरण तथा प्रधिरोध अभियान अन्तरगतको कार्यक्रम गरेको छ । 

‘जनसत्ताको विस्तार र सुदृढ गरौँ, कथित स्थानिय चुनाबको खारेजी गरौँ’ भन्ने नारा सहित नेकपाले कार्यक्रम गरेको हो । यसअघि बिहिबार तमानखोलाको लाममेलामा गर्ने भनेको यहि कार्यक्रम प्रहरीले जिल्ला सेक्रेटरी छम सेन सहित ४ जना कार्यकर्तालाई पक्राउ गरेपछि नेकपाले निर्वारित कार्यक्रम गर्न सकेको थिएन । 

उनिहरुलाई प्रहरीले त्यहि दिन छोडेपनि हिजो बोङ्गादोभानमा गर्ने भनेको कार्यक्रम तयारी नपुगेको भन्दै पार्टिले स्थगित गरेको जनाएको थियो । आज भने त्यहि निर्वाचन खारेजीको कार्यक्रम ईलाका प्रहरी कार्यालय बुर्तिबाङकै सामुन्नेमा रहेको बुर्तिबाङ बसपार्कमा निर्वाध रुपमा गरेर कलाकारको सांस्कृतिक प्रश्तुतिसँगै  ४ जना नेताले भाषण समेत गरे । 


कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो ईञ्चार्ज पारशमणि रिजालले नेपालको बर्तमान शासन प्रणाली दलाल प्रबृत्तिको रहेको भन्दै स्थानिय निर्वाचनले केन्द्रिय दलाल सत्ता टिकाउने स्थानिय प्रतिनिधि मात्र निर्वाचित हुने दाबि गर्नुभयो । 

उहाँले अहिलेको सरकार र राजनितिक दलले समेत विदेशिको दलाली गरेर आफ्नो सत्ता टिकाउने र ब्रह्मलुट मच्चाउने बाहेक जनहित तथा मुलुकको स्वाभिमानको पक्षमा केहि नगर्ने जिकिर गर्नुभयो । 

नेता रिजालले आफ्नो पार्टिले स्थानिय चुनाब खारेज गरेर समानान्तर जनसत्ता निमार्ण गर्दै बैज्ञानिक समाजबादी शासन व्यवस्था स्थापना गर्ने उद्घोष गर्नुभयो । 


बागलुङका ईञ्चार्ज बिकिरण क्षेत्रीले नेकपा फेरी युद्धमा जाँदैछ भन्ने भ्रममा नपर्न आग्रह गर्दै आफुरुले नेपाली समाजको समृद्धि र राष्ट्रिय स्वाधिनता सहितको अर्थतन्त्र निर्माणका लागि क्रान्तिको बाटोमा अघि बढेको बताउनुभयो । 

त्यसको बाधक सासनसत्तामा रहेको दलालि प्रवृत्ति रहेकाले त्यसको खारेजी गर्दै समानता सहितको शासन व्यवस्थाका लागि क्रान्तिको झण्डा उठाएको बताउनुभयो । 

कार्यक्रममा धौलागिरी ब्युरो सदस्य अनन्त केसी र बागलुङका सेक्रेटरी छमबहादुर सेनले पनि निर्वाचन किन खारेजी गर्ने, त्यसपछिको विकल्प पार्टिले के देखेको छ भन्ने जस्ता विषयमा आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा सामान सांस्कृतिक परिवारका झण्डै एक दर्जन कलाकारले गित, नृत्य र ब्यङ्यात्मक प्रश्तुति सहित निर्वाचनको खारेजी, जनसत्ता निर्माण र बैज्ञानिक समाजबाद प्राप्तीको लागि एकीकृत जनक्रान्तिको बाटोमा लाग्न आह्वान गरेका थिए । 


कार्यक्रम जिल्ला सेक्रेटरी छमबहादुर सेनको अध्यक्षता, जिल्ला सदस्य सुमित घर्तीको स्वागत र धौलागिरी ब्युरो सदस्य तथा कलाकार नबिन कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । 

कार्यक्रम अबधिभर आधा दर्जन बढि प्रहरी कार्यक्रम स्थलमै रहेका थिए । प्रहरी स्रोतले तमानको कार्यक्रम माथिकै आदेश अनुसार हुन नदिएको र आज भने शान्तिपुर्ण कार्यक्रम भए पक्राउ नगर्ने आदेश रहेकाले कार्यक्रम गर्न दिईएको बताएको छ । यो कार्यक्रम भोली खर्बाङमा हुने नेकपाले जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश