बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

मिति सारेर भए पनि एकै चरणमा चुनाव: पौडेल

३ बैशाख २०७४, आईतवार ०७:४७

बैशाख ३, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो । 

“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उहाँको भनाइ छ । 

मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’