कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न स"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकामा बाम दल तालमेल गरेर चुनाब लड्ने

४ बैशाख २०७४, सोमबार १३:०२


कृष्ण कँडेल/बैसाख ४, बागलुङ । लगातारको छलफलपछि बागलुङको ढोरपाटन नगरपालिकामा क्रियाशिल कम्युनिष्ट पार्टी आगमी स्थानिय निर्वाचनमा बाम तालमेल गरेर चुनाब लड्न सहमत भएका छन् । 

आज बुर्तिबाङमा भएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीका नेता विचको छलफल पनि उनिहरु चुनाबि मोर्चाबन्दी गरेर जान सहमत भएका हुन् । 

चुनाबि तालमेलामा आउन राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल पार्टीलाई पनि आव्हान गर्ने निर्णय भएको एमाले नेता मोहनलाल शर्माले जानकारी दिनुभयो । 

‘आगामी बैसाख ३१ गने हुने स्थानिय निर्वाचनका लागि ढोरपाटन नगरपालिकामा वृहद बामपन्थी तालमेल गरेर जान हामी पुर्णत सहमत भएका छौँ’ तिनपार्टी विचको बैठककोे निर्णयमा उल्लेख छ, ‘राष्ट्रिय जनमोर्चालाई पनि चुनाबि मोर्चामा सहभागी हुन सामुहिक आव्हान गर्दछौँ ।’

जनमोर्चा र नयाँ शक्ति पार्टीलाई पनि एउटै मोर्चामा सामेल भएर स्थानिय निर्वाचनमा जाने वातावरण बनाउन अत्याधिक पहल गर्ने निर्णय भएको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा म्याग्दी–बागलुङ ईञ्चार्ज निलबहादुर पुनले जानकारी दिनुभयो ।

बिभिन्न चरणमा भएका अनौपचारिक छलफल पछि बामपन्थी मिलेर निर्वाचनमा जाने औपचारिक सहमती भएको र निरन्तर छलफल गरेर पदको बाँडफाड सहितको निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् । 

आजको बैठकमा एमालेको तर्फबाट नेता मोहनलाल शर्मा र जिल्ला सदस्य केसर छन्त्याल, माओवादी केन्द्रको तर्फबाट जिल्ला स्तरिय बार्ता टालीका सदस्य तुल्सीराम आर्याल र ढोरपाटन नगरपालिका अध्यक्ष चन्दै आर्याल तथा क्रान्तिकारी माओवादीको तर्फबाट केन्द्रिय सदस्य निलहबहदुर पुन सँगै जिल्ला सदस्यहरु वीरबहादुर विश्वकर्मा र गुञ्जबहादुर भण्डारी सहभागी हुनुहुन्थ्यो । 

यसअघि चैत्र ३० र बैसाख ३ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी माओवादी विच छलफल भएको थियो । आज बिहान पनि द्विपक्षिय, त्रिपक्षिय र सर्वपक्षिय बैठक भएको माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले जानकरी दिनुभयो । 

चुनाबि मोर्चामा मिलेर जनो निर्णय गरेको दिउसोको बैठकमा भने जनमोर्चाका नेताहरु पार्टीको कार्यक्रमका लागि निसीखोला गएका कारण सहभागी नभएको बताईएको छ ।

जनमोर्चासँग पनि थप छलफल गरेर अघि बढ्ने निर्णय भएको एमालेका जिल्ला सदस्य केसर छन्त्यालले जानकरी दिनुभयो । 

जिल्लामा पनि आ–आफ्नो पार्टी मार्फत ढोरपाटन नगरपालिकामा चुनाबि एकाता गरेर जान आफुहरु सहमत भएको निष्कश पु¥याउने नेताहरुले बताएका छन् । 



 

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की