७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा र प्रधानमन्त्रीबीच यसरी जुट्यो महाभियोगमा सहमति

१८ बैशाख २०७४, सोमबार ०२:२२

वैशाख १८, काठमाडौं । जयबहादुर चन्द र नवराज सिलवालमध्ये कसलाई आइजिपी बनाउने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच सुरुदेखि खटपट थियो। सिलवाललाई आइजिपी बनाउनुपर्ने निधिको निरन्तर अडानबीच देउवाले आफ्नै गृहक्षेत्रका चन्दको पक्षमा ‘अन्तिम निर्णय’ दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले मूख्य सत्ता साझेदारको सिफारिश सदर गर्ने नै भए, गृहमन्त्रीको क्षेत्राधिकार कुण्ठित भयो ।

सर्वोच्च अदालतले आइजिपी नियुक्तिमा योग्यता र वरियता मिचिएको भन्दै चन्दको नियुक्ति बदर गरिदियो। देउवा र प्रधानन्यायाधीश सुशीला कार्कीबीच खटपट त्यही घटनाबाट सुरु हुन्छ। देउवाले प्रधानमन्त्री दाहालसँग असन्तुष्टि पोख्दै कार्कीले क्षेत्राधिकार नाघेर राजनीतिक निर्णयमा अंकुश लगाएकाले आफ्नो सीमामा बस्नेगरी ‘सम्झाइदिन’ आग्रह गरेका थिए। 

‘मैले नै उनलाई (कार्कीलाई) विराटनगरको ल फर्मबाट काठमाडौं ल्याएको होइन ? अनि तपाईंले न्यायाधीशमा अघि बढाएको होइन ? त्यत्तिकै बिर्सने ?’ देउवाले दाहाललाई भनेको उद्धृत गर्दै उक्त भेटमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘तपार्इंले बोलाएर एकपल्ट सम्झाउनुपर्‍यो। नत्र म आफ्नो कदम चाल्छु।’

कार्कीको विषयलाई लिएर देउवा क्रुद्ध भएको बुझेपछि दाहालले एक साताअघि आफ्ना विश्वासपात्र नेता वर्षमान पुनलाई कार्कीसँग कुराकानी गर्न पठाएका थिए। पुनको आशय बुझेपछि पूरै कुरा नसुनी कार्कीले फर्काएकी थिइन्।

दोस्रोपल्ट फेरि आइतबार बिहान गएका पुनलाई कार्कीले आधा घण्टासम्म कुराएको उच्च स्रोतले बतायो। पुन उनका पति दुर्गा सुवेदीलाई भेटेर खाली हात फर्के। कार्कीले यसबारे आफू कसैको पनि कुुरा नसुन्ने जवाफ दिएकी थिइन्। नेता पुनले प्रधानमन्त्रीको आग्रहमा आफू भेट्न गएको खुलाए, तर यसबारे थप बताउन मानेनन्।

सम्पर्क सूत्रहरु काम नलागेपछि देउवाले कार्कीलाई आफैं टेलिफोन गरेर सम्झाउन खोजे, तर उनले फेरि अडान नै लिइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की हटाउने फैसला गरेकी कार्कीले आफु पनि उसैको जस्तो शक्तिअभ्यासमा सक्रिय हुन थालेको आरोप लगाउदै देउवाले उनलाई समेत महाभियोग हाल्ने चेतावनी दिएका थिए। कार्कीले पनि उत्तिखेरै ‘उसो भए म पनि महाभियोग फेस गर्छु, बरु तपाईंलाई मानहानिको मुद्दा लगाउछु’ भन्ने जवाफ दिएको उच्च स्रोतले भन्यो। 

कार्कीको जवाफले आक्रोशित देउवाले त्यसैको झोंकमा उनीविरुद्ध हस्ताक्षर संकलन थालिसकेको, त्यसको जानकारी प्रधानमन्त्री दाहाललाई पनि दिएको एक माओवादी केन्द्र नेताले भने। कांग्रेस नेताहरुले भने हस्ताक्षर संकलन भए पनि के प्रयोजनका लागि भन्ने आफूहरुलाई थाहा नभएको दाबी गरिरहेका छन्। केही कांग्रेस नेताको दाबीमा उक्त हस्ताक्षर तत्कालीन केपी ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बेला नै संकलन भइसकेको थियो।

 यसरी देउवा र कार्कीबीच तनाव बढै जादा मैना सुनार काण्डको फैसलाले नेपाली सेनाको पनि ध्यानाकर्षण गराएको थियो। माओवादी केन्द्र र कांग्रेस दुवैले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गइसकेका विषयमा अदालतले अनावश्यक हात हालेको भन्दै असन्तुष्टि जनाएका थिए। उज्जनकुमार श्रेष्ठ काण्डमा अभियुक्त माओवादी केन्द्र नेता बालकृष्ण ढुंगेल पक्राउ गर्नेबारे सर्वोच्चको त्यस्तै अर्को फैसला आयो।

आइजिपी काण्ड त दूरी बढाउने प्रस्थानविन्दू नै भइहाल्यो। त्यसको उत्कर्षमा सुडान घोटाला काण्डबारे कार्कीको बेन्चले आइतबारै गरेको फैसला हुन पुग्यो। देउवाले उनको आगामी रणनीति के हुन्छ भन्ने त्यस बेलासम्म सायद आकलन गरिसकेका थिए। 

प्रधानमन्त्री निकट स्रोतको दाबीमा पछिल्लो दिनमा कार्कीमा कार्यकारी शक्ति अभ्यास गर्ने मोह पलाउनु नै महाभियोगको कारण हो। ‘लोकमानसिंह कार्कीको विषयमा अदालतले अघि बढाएको प्रक्रिया न्यायिक हिसाबले ठिकै देखिन्थ्यो, तर त्यसैको बलमा उहाको अलिकति मनलाग्दी निर्णयहरु हुदै जान थाल्यो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कहिले अख्तियारले क्षेत्राधिकार नाघेर कार्यकारी अधिकार प्रयोग गर्ने, कहिले न्यायालयले जस्तो देखियो, हामीले त्यसैलाई सीमित गर्न मात्रै खोजेका हौं।’ 

वर्षमान पुनसग भेट्न पटक पटक अस्वीकार गरेपछि दाहालले नारायणकाजी श्रेष्ठलाई शनिबार उनीकहा पठाए। श्रेष्ठसँग पनि कार्कीले आइजिपीको विषयमा अब कुरा नगर्ने जवाफ दिएपछि दाहाल आफैंले फोन गरेका थिए।   -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?