बैशाख १९, काठमाडौँ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । 

बिहान १० बजेदेखि सुरु भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १९, काठमाडौँ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । 

बिहान १० बजेदेखि सुरु भए"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी

२०७४, १९ बैशाख मंगलवार १०:४१

बैशाख १९, काठमाडौँ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । 

बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यसैगरी नेकपा (माले)बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा(क्रान्तिकारी माओवादी)बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराउनुभयो । 

यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा(एमाले) अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । 

विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहनुभएको छ । 

ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जनसङ्ख्या छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने