वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्न"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको मेयरमा अहिलेसम्म ६ जनाको उम्मेदवारी दर्ता

१९ बैशाख २०७४, मंगलवार ११:१९


वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेबाट काठमाडौं महानगरपालिकासहित १० ओटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महागरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भीड छ ।

महागरको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पार्टीका कार्यकर्ताको भीड लागेको हो ।

काठमाडौं महानगरका मुख्य निर्वाचित अधिकृत पुरुषोत्तमप्रसाद दाहालकाअनुसार मंगलबार दिउँसोसम्म ६ जनाले प्रमुखमा र तीनजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनकाअनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा. निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रन्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने भने तापनि ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । मुख्य निर्वाचन अधिकृत दाहालकाअनुसार अहिलेसम्म करिब दुई सयजनाले वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता