४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखामा कांग्रेसका तीन उम्मेद्वार निर्विरोध

२० बैशाख २०७४, बुधबार ०९:३४

वैशाख २०, गोरखा । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन् । 

अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भए पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ । 

चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध हुनुभएको हो । गौरीशङ्कर निमाविको प्रधाध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको थियो । 

यस्तै चुमनुब्री गाउँपालिकाको वडा नं २ ल्होको वडाध्यक्षमा कांग्रेसका पेम्बा रितार निर्विरोध हुनुभएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को वडाध्यक्षमा कांग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध हुनुभएको छ । 

सो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा माओवादी केन्द्रबाट लाक्पा डुन्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जीन नोर्बु लामाको उम्मेदवारी परेको छ । दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा उम्मेदवारी दर्तासँगै चुनावी गतिविधि बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता