बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय एकतासहित मुलुक अगाडि बढ्यो: प्रधानमन्त्री

२० बैशाख २०७४, बुधबार ०९:४१

बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताउनुभएको छ । 

राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको विचार व्यक्त गर्नुभयो । 

मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले उक्त कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीले वर्तमान सरकारले लिएको नीति तथा प्रक्रियागत सुधारका कारण मुलुकको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने र मुद्रास्फीति औसतमा लक्ष्यभन्दा कम रहने अवस्था आएको बताउँदै न्यूनतम ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दैै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहसम्मलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न र सोहीअनुसारको योजना पनि निर्माण गर्न अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिदैं उहाँले पूर्वाधार तथा सञ्चारलगायतका उपभोक्तासँग सम्बन्धित निकायले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सहभागी मन्त्रीले राष्ट्रिय गौरवका आयोजना र समग्र समस्याका बारेमा जानकारी गराउनुभयो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालित ४८४ आयोजनाको प्राथमिकीकरण, वार्षिक बजेटको तुलनामा दोस्रो चौमासिकको खर्चस्थिति एवम् पहिलो प्राथमिकता प्राप्त आयोजनाको प्रगतिका विषयमा जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता