बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महालेखा परीक्षकमा नियुक्तिका लागि शर्मा सिफारिस

२० बैशाख २०७४, बुधबार १३:०८


बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केही समयदेखि खाली रहेको महालेखा परीक्षक पदमा नियुक्तिका लागि शर्मालाई सिफारिस गरिएको हो । व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइका लागिसमेत परिषद्ले पत्र पठाएको छ । 

सार्वजनिक सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । रासससँग संक्षिप्त कुराकानी गर्नुहुँदै महालेखा परीक्षकमा सिफारिस हुनुभएका प्रधानमन्त्री कार्यालयका सचिव शर्माले मुलुकमा वित्तीय अनुशासन कायम गर्न आफूले पहल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – “वित्तीय अनुशानसन कायम गर्न मेरो तर्फबाट प्रयास रहनेछ । बेरुजु फछ्र्योटमा विशेष ध्यान दिनेछु ।” अर्थ मन्त्रालयका सहसचिवका रुपमा लामो समय काम गर्नुभएका शर्मा नेपालको आर्थिक क्षेत्रका जानकार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता