४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारलाई साथ दिएको भन्दै माओवादी नेता पार्टीबाट निष्कासन

२१ बैशाख २०७४, बिहीबार ०६:११

वैशाख २०, काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारीलाई लिएर विवाद भएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वर्तमान सांसद योगेन्द्र घिसिङलाई पार्टीले निष्कासन गरेको छ ।

पूर्व माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको संवाद समिति र अहिले लेखा समिति सदस्य रहेका घिसिङका अनुसार पार्टीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा उनलाई कुनै स्पष्टीकरणसमेत नलिई निष्कासन गरिएको हो ।

‘आज अमुक नेताको खल्तीको चिट र सनकबाट यो पार्टी चल्दै आएको छ, देशको राजनीतिक दलभित्रको लोकतान्त्रिक प्रणालीको धज्जी उडाउँदै जंगबहादुर शैलीबाट पार्टी चल्दै आएको छ भनेर गम्भीर आपत्ति र मतभेद राख्दै आएको थिएँ,’ घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा उम्मेदवारको गाडी जलाउनेहरु र बम हान्ने तथा अराजक अवसरवादी गिरोहद्वारा निष्कासन गरेको विज्ञप्ति निकालेको पाएँ ।’ 

घिसिङका अनुसार उनलाई ललितपुर जिल्लामा पार्टीविरुद्ध दुई पूर्व लडाकुलाई बागी उम्मेदवार बनाएको आरोप लागेको छ । 

घिसिङले माओवादी पार्टीले पुराना स्वच्छ छविका मानिसलाई उम्मेदवार बनाउनुको साटो ‘जाली फटाहा’ लाई उम्मेदवार बनाएको भन्दै पार्टी नेता वर्षमान पुनलाई आरोप लगाएका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा मावोवादी केन्द्र मुठ्ठीभरको माफिया र ठेकेदारको ग्रयाण्ड डिजाइनबाट चलिरहेको विषय दुनियालाई छर्लंग छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता